संखुवासभाको आइसुलेसनलाई आरआरएनको जेनेरेटर सहयोग
संखुवासभाको आइसुलेसनलाई नेपाल ग्रामिण पुनर्निर्माण संस्था (आरआरएन)ले दुई वटा जेनेरेटर सहयोग गरेको छ । खाँदबारी नगरपालिकाले संचालन गरेको दुई वटा आइसुलेसनका लागि १५ केभीए क्षमताको दुई जेनेरेटर उपलब्ध गराएको जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष तथा जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्यले जानकारी दिनुभयो ।
छिनछिनमा विधुत् अवरुद्ध हुँदा आइसुलेसनमा प्रयोग हुने उपकरण सञ्चालनमा असहज भएको अवस्थामा जेनेरेटर उपलब्ध भएपछि सहज भएको व्यवस्थापन समिति अध्यक्ष शाक्यले बताउनुभयो । घण्टौं सम्म विधुत् अवरुद्ध हुँदा अक्सिजन कन्सनटेटर लगायतको उपकरण सञ्चालन गर्न नसक्दा विरामीहरुलाई समस्या हुने गरेको थियो । खाँदबारी र तुम्लिङटारमा सञ्चालनमा रहेको आइसुलेसन सञ्चालनका लागि जेनेरेटर सहयोग भएको खाँदबारी नगरपालिकाका नगर प्रमुख मुरारी प्रसाद खतिवडाले बताउनुभयो । नगर प्रमुख खतिवडाले भन्नुभयो –‘विधुत् अवरुद्ध हुदाँ विरामीहरु अन्धकारमा वस्नु पर्ने बाध्यताका साथै आवश्यक उपकरणहरु सञ्चालनमा समेत समस्या रहको थियो ।’ आइसुलेसन सञ्चालनमा समस्या भएपछि आरआरएन संग उक्त जेनेरेटर माग गरिएको खतिवडाको भनाई छ ।
खाँदबारी नगर र जिल्ला अस्पताल संखुवासभाले संयुक रुपमा खाँदबारी– ९ तुम्लिङटारमा ६५ वेड र मानेभञ्ज्याङमा ५० वेडको आइसोलेसन सञ्चालन गरिरहेको छ । त्यसैगरी चैनपुर नगरपालिकामा ५०, पाँचखपन नगरपालिकामा ५, मादी नगरपालिकामा ५, चिचिला गाउँपालिकामा ५ र मकालु गाउँपालिकामा ५ वेडको आइसुलेसन सञ्चालनमा रहेको छ । सिलिचोङ गाउँपालिकामा ५ र सभापोखरी गाउँपालिकामा ५ वेडको आइसुलेसन तयारी अवस्थामा रहेको स्वास्थ्य कार्यालय संखुवासभाको तथ्याङ्कमा रहेको छ । भोटखोला गाउँपालिका र धर्मदेवी नगरपालिकामा भने हाल सम्म आइसुलेसन निर्माण भएको छैन ।
क्याटेगोरी : विशेष, समाचार, स्थानीय, स्वास्थ्य
ट्याग : ##कोभिड१९, #खाँदबारी नगरपालिका, #संखुवासभा
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५काभ्रे कबड्डी लिग हुने, बिजेतालाई ३० हजार
- ६पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
- ७तारकेश्वरमा एक महिनादेखि प्रमुख प्रशासकिय अधिकृत नहुँदा जनताका आधारभूत काम ठप्प , भुक्तानी, ठेक्का सम्झौतादेखि बिषयगत शाखाका कर्मचारी टिक्नैसकेनन
- ८यात्रुवाहक बसमाथि फपिङ प्रहरीको निगरानी : रौतहटका युवा लागुऔषध सहित पक्राउ
तपाईको कमेन्ट लेख्नुहोस्