मुक्तक-अनिल चापागाँई

मुक्तक १
दैबले भनौँ या त प्रकृतिले नराम्ररी छलेको छ।
रोएको छ सिङ्गो विश्व नै सबको मन जलेको छ।।
कहिलेकाहीँ सम्झिने गर्नुस यो प्राण रहुन्जेल त।
थाहा छैन कति बांचिन्छ मर्ने सिजन चलेको छ।।
मुक्तक २
सबैले सुन्ने ऐतिहासिक बात बनाएर।
सफलता नै सफलताको खात बनाएर।।
जति हेप्नु अहिले हेप प्यारा आफ्नाहरु।
एकदिन पक्कै आउँछु औकात बनाएर।।
मुक्तक ३
दिन बित्छ महिना बित्छ अनि साल आउंछ।
राम्रो कर्म गरे खुसी नत्र दुखको छाल आउंछ।।
कहिल्यै मर्दिन जस्तो घमण्ड नदेखाउ साथी।
आज नआए नि भोलि त पक्कै काल आउँछ।।
क्याटेगोरी : मनोरञ्जन/साहित्य
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्