Techie IT
शनिबार, वैशाख ६,२०८२

संखुवासभा पत्रकार महासंघलाई युडब्लुयसद्धारा स्वास्थ्य सामाग्री हस्तान्तरण


खाँदबारी : नेपाल पत्रकार महासंघ जिल्ला शाखा संखुवासभालाई युनाइटेड वर्ल्ड स्कुल्स नेपालद्धारा स्वास्थ्य सामाग्री उपलब्ध गराएको छ  । नेपालले सोमबार महासंघको कार्यालयमा एक कार्यक्रम बिच स्वास्थ्य सुरक्षा सामाग्री हस्तान्तरण गरेको हो । नेपालले एन नाएन्टी फाइभ मास्क ९० थान, सर्जिकल मास्र्क ५०० थान, फेस शिल्ड ५० थान, सेनिटाइजर एक सय मिलिलिटरका दरले ४० थान र एक थान थर्मल गन महासंघलाई हस्तान्तरण गरेको हो । महासंघका अध्यक्ष इन्द्र गिरीले उक्त सामाग्री ग्रहण गर्दै यो विषम परिस्थितिमा पत्रकारहरुको मनोबल बढाउन र स्वास्थ्य सुरक्षा सावधानीका लागि नेपालले गरेको सहयोगको प्रसंसा गर्दै धन्यवाद दिएका छन् ।

यस्तै नेपाल पत्रकार महासंघ प्रदेश नं. १ समितिबाट उपलब्ध भएका र नेपालद्धारा प्राप्त भएका सामाग्री आजै जिल्लाका विभिन्न सञ्चार केन्द्र र पत्रकारहरुलाई वितरण गरिएको अध्यक्ष गिरिले बताए ।


क्याटेगोरी : स्थानीय
ट्याग : ##कोभिड१९, #नेपाल पत्रकार महासंघ संखुवासभा, #संखुवासभा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
21°
Mostly Cloudy
5:33 am6:31 pm +0545