कता चुक्यो जबज र कम्युनिस्ट सरकार ?

मनी राज डंगोल
सन् १९९१ मे २७ को न्युजविक पत्रिकाबाट जिवित कार्लमार्क्स घोषित हुनुभएका स्व. मदनकुमार भण्डारीले तत्कालीन मार्क्सबाद र माले एकीकरण गरि एमाले बनाएका थिए ।
नेपालमा बहुदलीय व्यवस्था स्थापना भएदेखि गणतन्त्र आउँदासम्ममा आज जिवित मदन भण्डारीको रुपमा कोहि पनि प्रस्तुत हुन नसक्दा नेपालको ठूलो र शक्तिशाली कम्युनिस्ट पार्टीको सरकार दुई तिहाइबाट अल्पमतमा झरेको छ ।
आफू प्रधानमन्त्री बन्नमात्रै नभई अब टुक्रा टुक्रा भएका कम्युनिस्टहरुको एकीकरण गर्ने जिवित मदनकुमार भण्डारीको बन्ने हो ? त्यस्को बारेमा केन्द्रीय कम्युनिस्ट पार्टीको नेताहरूले आफ्नो क्षमता देखाउने अवसर देशको अहिलेको राजनीतिक परिस्थितिबाट आएको छ ।
जस्ले नेपाली जनतामा आएको राजनीतिक चेतनालाई नेपालकै भुगोलमा जोगाउन सकोस् त्यस्तो नेताको आवश्यक छ । नेपालको प्राकृतिक विविधता र साँस्कृतिक विविधतालाई राजनीतिले छुन सकोस भन्न चाहन्छु । देशका अन्य राजनीतिक दलहरुले जस्तो राजनीति मा जे पनि हुन्छ, बहुमत भएकोले जे गरे पनि हुन्छ मात्रै भनिरहने हो भने कम्युनिस्ट किन भनिरहनपर्छ र ? जिवित मदन भण्डारीद्वारा समृद्ध नेपाल, सुखि नेपालीको स्रोत पहिचानको लक्ष्य राखेर देशका ७५३ वटै स्थानीय तहहरूमा मदन भण्डारीहरुको खोजी गर्न अब ढिलो भइसकेको छ ।
समृद्ध नेपाल र सुखी नेपालीको उद्देश्य पुरा गर्न ७५३ वटै स्थानिय तहमा पार्टीले मदन भण्डारीको खोजीको लागि ७५३० कार्यकर्तामा प्रतिस्पर्धा गराउनुपर्ने देखिन्छ । जस्ले जित्यो उहि सिकन्दर तथा जस्को मुद्दा वा पहिचान पास हुन्छ उहीँ स्थानिय मदन भण्डारी भन्ने मापदण्ड राखेर प्रत्येक गाउँपालिकाको छुट्टै पहिचान र बिषेशताको आधारमा मदन भण्डारी चुनिने कार्यक्रम तत्काल संचालन गर्न सकेमा मात्रै पनि वर्तमान समयमा नेकपा एमाले भित्र देखिएको आधि समस्या समाधान गर्न सकिन्छ ।
यसरी सम्पूर्ण एमालेका कार्यकर्ता परिचालन भयो भने नेपालको कम्युनिष्ट आन्दोलनको पुर्ण सुरक्षा हुनेमा दुईमत छैन। नेपालको कम्युनिष्ट पार्टीहरु एक भएमा विदेशी हस्तक्षेप कमजोर हुँदै जानेछ ।
यसरी देशव्यापी रूपमा सन्तुलित कम्युनिष्ट पार्टीको एकता र संघठन विस्तार गर्न सकिएन भने वर्तमानमा दुईतिहाई कम्युनिस्ट सरकार अल्पमतमा खस्के सरी धेरै अमर लामाहरुको जन्म हुनेछ भने धेरै मदन कुमार भण्डारीहरु दासढुङ्गाबाट खसालिनेछन् ।
क्याटेगोरी : समाचार
ट्याग : #जबज, #मनी राज डंगोल
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्