विद्यालय हड्तालका कार्यक्रम फिर्ता

आफ्ना पेशागत माग पूरा गराउन यही भदौ १२ र १३ गते देशभरका सामुदायिक विद्यालयमा हड्तालको कार्यक्रम फिर्ता भएको छ ।
संयुक्त अस्थायी शिक्षक सङ्घर्ष केन्द्रीय समितिले नेपाल शिक्षक महासङ्घसँगको वार्ताका क्रममा माग पूरा गराउन सकारात्मक पहल गर्ने सहमतिपछि आन्दोलन स्थगन भएको समितिका अध्यक्ष हेमनाथ चौलागार्ईंले बताउनुभयो ।
सङ्घीय शिक्षा ऐन तर्जुमाका क्रममा अस्थायी शिक्षकका माग सम्बोधन गर्न महासङ्घले पहल गर्ने सहमति भएको समितिले जनाएको छ । कुनै पनि बहानामा विद्यालय बन्द गराइनु मानव अधिकार विरोधी हुने सरोकार भएकाहरुले बताउँदै आएका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #विद्यालय हड्ताल
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्