Techie IT
आईतबार, वैशाख ७,२०८२

अवैध सालको काठ सहित एक जना पक्राउ


चितवन । चितवनमा अवैध सालको काठ सहित एक जना पक्राउ परेका छन् । आज शनिबार साँझ गस्तिमा खटिएको प्रहरीको टोलीले कालिका नगरपालिका वडा नंम्बर ३ मा रहेको दुई सय बिगाहा भन्ने स्थानबाट अवैध रुपमा सालको काठ सहित सोही ठाउँ बस्ने ३३ बर्षिया जयराम चेपाङलाई पक्राउ गरेको हो ।

पक्राउ परेका चेपाङको साथबाट प्रहरीले काठ चोरीमा प्रयोग गरिएका ५ थान साईकल र ९.३९ क्युफिट सालको काठ समेत बरामद गरेको जनाएको छ । पक्राउ परेका उनलाई प्रहरीले नियन्त्रणमा थप आवश्यक अनुसन्धान तथा कार्वाहीको लागी जिल्ला वन कार्यलय चितवनमा बुझाइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । प्रहरीका अनुसार उक्त कार्यमा संलग्न अन्य व्यक्तिहरुको समेत खोजी कार्य भईरहेको जनाइएको छ ।


क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्थानीय


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
24°
Fair
5:32 am6:32 pm +0545