Techie IT
बुधबार, माघ २३,२०८१

ब्रम्हाकुमारी राजयोग केन्द्रलाई श्रेष्ठ दम्पतीको सहयोग


खाँदबारी – संखुवासभा खाँदबारी १ घरभई हाल अमेरिका निवासी श्रेष्ठ दम्पतीले ब्रम्हाकुमारी राजयोग केन्द्र खाँदबारीलाई भवन निर्माणका लागि आर्थिक सहयोग गरेका छन् । जीवन श्रेष्ठ तथा रेनु श्रेष्ठले ब्रम्हाकुमारी राजयोग केन्द्र (ओम शान्ति) को भवन निर्माणका लागि नगद साठी हजार रुपैयाँ उपलब्ध गराउनु भएको संखुवासभाका केन्द्र प्रमुख संचालिका रचना आचार्यले जानकारी गराउनुभयो ।

जन्मथलो खाँदबारी आउनुभएका जीवन श्रेष्ठले उक्त रकम ब्रम्हाकुमारी राजयोग केन्द्रका सदस्य खड्ग चापागाईलाई हस्तान्तरण गर्नुभएको हो । रकम हस्तातरण गर्नुहुदै श्रेष्ठले भन्नुभयो–‘हाम्रो स्वर्गीय बुवाआमा सूर्यबहादुर/छन्द कुमारी श्रेष्ठको स्मृतीमा धार्मिक क्षेत्रमा सहयोग गर्न पाउदा खुसि लागेको छ ।’ श्रेष्ठले आगामी दिनमा पनि जिल्लाभर रहेका गरिब बालबालिका र असाहाय वृद्धवृद्धाहरुलाई सहयोग गरिरहने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ ।

प्रमुख संचालिका आचार्यले अमेरिका बसेर पनि आफ्नो जन्मस्थललाई सम्झिएर सहयोग उपलब्ध गराउनु भएकोमा श्रेष्ठ दम्पतिलाई धन्यबाद ब्यक्त गर्नुभएको छ ।


क्याटेगोरी : विशेष, देश परदेश, समाचार
ट्याग : #ब्रम्हाकुमारी राजयोग केन्द्र, #संखुवासभा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
11°
Fair
6:46 am5:49 pm +0545