काठमाडौँ महानगरद्धारा ३ सय ९ बेडको आइसोलेसन अस्पताल सञ्चालनमा

काठमाडौँ, १४ जेठ । काठमाडौँ महानगरपालिकाले ४५ थान भेन्टिलेटर महानगरपालिका क्षेत्र भित्र र उपत्यकाका विभिन्न ९ अस्पतालहरुलाई उपलब्ध गराइएको जानकारी दिएको छ ।
कोभिड–१९ को संक्रमण बढेसँगै अस्पतालहरुको क्षमता अभिवृद्धि गर्ने र सेवा विस्तार गरी संक्रमित नागरिकलाई बचाउने उदेश्यले ती भेन्टिलेटर विभिन्न अस्पताललाई उपलब्ध गराएको काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले जानकारी दिए ।
जानकारी अनुसार महानगरपालिकाले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताललाई १५, त्रि.वि. शिक्षण अस्पताललाई १०, शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई ५, छत्रपाटी निःशुल्क चिकित्सालयलाई ४, नेपाल कोरिया मैत्री नगरपालिका अस्पताललाई ३, महेन्द्र नारायण निधि मेमोरियल अस्पताललाई २, हेल्पिङ्ग ह्याण्ड्स सामुदायिक अस्पताललाई २, जनस्वास्थ्य सरोकार ट्रष्ट काठमाडौं मोडल अस्पताललाई २ र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई २ थान भेन्टिलेटर सहयोग गरेको छ ।
‘चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताललाई वीर ५० वटा मनिटर उपलब्ध गराएका छौ भने आजै मात्र पनि हामीले महेन्द्र नारायण निधि मेमोरियल अस्पताललाई २ थान भेन्टिलेटर उपलब्ध गराएका छौँ । महानगरपालिकामार्फत गरेको यो सहयोगले राजधानीवासी मात्र नभई ७७ वटै जिल्लाका कोभिड संक्रमित नागरिकहरुको सघन उपचारमा सहयोग पुग्ने अपेक्षा लिएका छौँ,’ उपत्यका नगरपालिका फोरमका अध्यक्ष समेत रहेका प्रमुख शाक्यले भने, ‘सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र र कान्ति बाल अस्पताललाई महानगरपालिकाले उपलब्ध गराएको ५ करोड बराबरको सहयोग रकमले निर्माण गरिएको अक्सिजन प्लान्टमध्ये गंगालालले प्लान्ट संचालनमा ल्याइसकेको छ । कान्ति अस्पतालमा प्लान्ट असार महिनादेखि संचालन हुनेछ ।’
प्रमुख शाक्यले महानगरपालिकाले ६ वटा विभिन्न सरकारी र सामुदायिक अस्पतालहरुलाई पीसीआर मेसिन, मनिटर, भ्हतचबअतष्यल मेसिन र बेड उपलब्ध गराएको पनि जानकारी दिए ।
विभिन्न अस्पताललाई उपलब्ध गराएका मध्ये केही भेन्टिलेटर, पीसीआर मेसिनलगायतका सामग्री भगिनी सम्वन्ध स्थापित गरेका चीनका विभिन्न नगरले महानगरपालिकालाई सहयोग स्वरुप उपलब्ध गराएका हुन् ।
‘कोभिड संक्रमित बिरामी तथा आफन्तहरुलाई उपचारमा सहज होस भन्ने हेतुले नागरिक हट लाइन ११८० बाट २४ सै घण्टा सेवा दिने व्यवस्था मिलाइएका छौँ,’ उनले भने, ‘बिरामीहरुलाई अस्पतालमा पुग्न सहज होस भनी कोभिड १९ का बिरामीका लागि फोन नं. १०२ मार्पmत १० वटा र नन् कोभिड बिरामीका लागि १० वटा गरी कूल २० वटा निःशुल्क एम्बुलेन्स सेवा संचालनमा ल्याइएका छौँ । जसबाट हालसम्म २२ हजार कोभिड संक्रमित बिरामी र १२ हजार नन् कोभिड बिरामीहरुले सेवा प्राप्त गरिसकेका छन् ।’
क्याटेगोरी : समाचार
ट्याग : #काठमाडौँं महानगरपालिका
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्