डिएसपी भाटको ज्यादती विरुद्ध सर्लाही कांग्रेस आक्रोशित, दमन नरोके आन्दोलन गर्ने चेतावनी

सर्लाही । तरकारी किन्न गएका आफ्ना प्रतिनिधिलाई प्रहरीले दुब्यवहार गरेको भन्दै नेपाली कांग्रेसले बिरोध जनाएको छ । बुधबार साँझ तरकारी किन्न बजार गएको समयमा ईलाका प्रहरी कार्यालय बरर्थहवाका प्रहरीले दुब्यवहार गरेर दुइ घण्टा सम्म प्रहरी नियन्त्रणमा राखेको भन्दै नेपाली कांग्रेस सर्लाहीले बिरोध जनाएको हो ।
निषेधाज्ञाको समयमा खाद्यान्न तथा अत्यावश्यक वस्तु खरिद गर्न केही घण्टा छुट दिएको समयमा तरकारी किन्न पुगेका नेपाली कांग्रेस सर्लाहीका क्षेत्र नम्बर ३ का क्षेत्रीय प्रतिनिधि सुरेन्द्र दासलाई ईलाका प्रहरी कार्यालय बरर्थहवाका प्रहरी प्रमुख उद्वव सिंह भाटले दुब्यवहार गरेका थिए । कांग्रेस बरर्थहवा नगर समिति सभापति उपेन्द्र महत्तोद्वारा जारी हस्ताक्षर बिज्ञप्तिमा (डिएसपी) भाटको ज्यादतीको विरोध गरेका छन् । उनलेे प्रहरीको ज्यादती नरोकिए आन्दोलन गर्ने चेतावनी समेत दिएका हुन् । सर्वसाधारणलाइ हात मुख झोर्न केही घण्टा खुकुलो पारेको अवस्थामा प्रहरीबाट हुने यस्ताखाले दमनको आफुहरुले खुलेर बिरोध जनाउने बिज्ञप्तिमा भनिएको छ ।
इलाका प्रहरी कार्यालय बरथवाका प्रमुख भाट बिवादित प्रहरी अधिकारी हुन् । यस अघि उनलेे बाजुरामा प्रहरीको नेतृत्व सम्हाल्दा सर्वसाधारणलाइ हत्तकडी लगाएर जेल हाल्ने चेतावनी दिएको अडियो समेत सार्वजनिक भएको थियो । उनको त्यो अभिव्यक्तिले त्यतिबेला प्रहरी संगठनलाइ लज्जित बनाएको थियो ।
क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्