Techie IT
आईतबार, वैशाख ७,२०८२

तारकेश्वरमा दोस्रो चरणमा १३२६ जनामा कोरोना , अहिलेसम्म २३ जनाको मृत्यु


काठमाडौं । तारकेश्वर स्वास्थ्य साखाले दिएको जानकारी अनुसार नगरपालिकामा दोस्रो चरणमा कोरोना संक्रमितको संख्या १३२६ पुगेको छ ।

अहिलेसम्म २३ जनाको मृत्यु भएको छ । जसमा ११ महिला र १३ पुरुष रहेका छन् । संक्रिय संक्रमितको संख्या ५०३ महिला र ६४६ पुरुष गरी ११४९ जना पुगेका छन् ।

त्यस्तै तारकेश्वर १ मा कोरोना संक्रमितको संख्या २३ जना पुगेको छ । वडा नं. २ मा ८२ जना रहेका छन् । वडा नं. ३ मा ४९ जना रहेका छन् । वडा नं. ४ मा १०३ छन् । त्यस्तै वडा नंं. ५ मा १७४ जना छन् । वडा नं. ६ मा १२४ जनामा कोरोना संक्रमण देखिएको छ । वडा नं. ७ मा १०९ जनामा कोरोना संक्रमण देखिएको छ ।

वडा नं. ८ मा १९० जनामा कोरोना संक्रमण देखिएको छ । वडा नं. ९ मा १६४ जनालाई संक्रमण देखिएको छ । वडा नं. १० मा १४८ जना छन् र वडा नं. ११ मा १६० जना सक्रिय संक्रमित रहेका छन् । तारकेश्वर नगरपालिकामा आजको डाटाअनुसार ३२ महिला र ४६ पुरुष गरी ७८ जनामा कोरोना पुष्टि भएको छ ।

तारकेश्वरमा १०८६ जना होम आइसोलेसनमा रहेका छन् भने ६३ जना अस्पतालको आइसोलेशनमा रहेका छन् ।

साङ्ला प्राथमिक केन्द्रको आइसोलेशनमा अहिलेसम्म १० जना भर्ना भएर उपचार गराइरहेका छन् ।

निको हुनेहरुको संख्या १५४ रहेको छ । अहिलेसम्म २३ जनाको मृत्यु भएको छ । जसमा ११ महिला र १३ पुरुष रहेका छन् ।


क्याटेगोरी : स्थानीय
ट्याग : #तारकेश्वर


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Fair
5:32 am6:32 pm +0545