सरोज लामिछानेको `बरको हांगो´ नामक गित सार्वजनिक

काठ क्षेत्रका नक्षत्रको रुपमा आफ्नो नाम स्थापित गराईसकेका , कर्णप्रिय स्वरका धनि , सबैको मन मस्तिष्कमा छाप लगाउन सफल गायक , सर्जक , सरोज लामिछाने को “बरको हांगो” नामक गित सार्वजनिक भएको छ । लोक दोहोरी क्षेत्रमा बिगत केहि समय देखि निकै चर्चा बटुल्न सफल गायकले आफ्नो यूट्युव च्यानल मार्फत गित सार्वजनिक गरेका छ
उक्त गितमा उनी सङ्ग गायिका स्मृति गौतम ,सिमी ठकुरी र गायक विष्णु काले ठकुरीको स्वर भरेका छन् । फरक खालको सृजना गर्न रुचाउने उनी पछिल्लो समय काठ क्षेत्रका लागि पहिलो नम्बरमा रहेको कुरा सर्बबिदितै छ ।
उता गौतमसङ्ग कुरा गर्दा ,लामिछाने सङ्ग सालको पात हे माया गितमा सहकार्य गरे पछि यसैबाट सङ्गितीक यात्रामा धेरै फलिफाप भएको , र धेरै सफलता हासिल गरेको दर्शक श्रोताले रुचाएको र यहि गितबाट स्मृति गौतम भनेर चिनिएको कुरा गौतम बताउंछिन । जसबाट अगाडि बढ्नको लागि अर्को ईटा थप्ने काम भएको र फेरि नयां सृजना सरोज संगै गरेको कुरा उनी बताउंछिन् ।
पहिलाको जस्तै दर्शक श्रोता को माया पाउने आस र विश्वासका साथ अगाडि बढ्न प्रेरणा मिल्ने वताउदै बरको हागो बजारमा ल्याएको गौतम बताउँछिन् भने
नब कलाकार बिस्णु काले ठकुरी र सिमि ठकुरी पनि सरोज लामिछाने सङ्ग सहायात्रा गर्न पाउँदा धेरै खुसी भयको बताउछन् ।
गीतको सङ्गीत संयोजन आर के मिलनले गरेका हुन् । गीतको भिडियो संन्जिव ठकुरी र आयुस्मा कार्की लगायत को दम्दार अभिनय देख्न सकिन्छ ।
निरेन श्रेष्ठ को निर्देशन ,राजकुमार मगरको सम्पादन ,मुकेश हुमागाईको छायांकन गरेको भिडियो मा अमोन राना ले कोरियोग्रफ गरेका छन्।
गायक सरोज लामिछाने ले बरको हागो बोलको गित सङ्गै कोरोना गीत समेत सार्वजनिक गरेको बताउछन् ।
कोरोना गित समय सान्दर्भिक संन्देश बोकेको निकै मार्मिक खालको रहेको कुरा पनि बताऊछन सरोज ।
उक्त गितमा संयोजन,भिडियो ,सम्पादन आरके मिलन ले गरेका हुन् भने संगित,शब्द,स्वर अनि अभिनय स्वयम् लामिछाने कै देख्न सकिन्छ। ।
सामाजिक संन्देश बोकेको यस गितलाई सुनकोसी मिडिया युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको छ।।
क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #सरोज लामिछाने
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्