Techie IT
सोमबार, वैशाख ८,२०८२

टोखा चंडेश्वरी अस्पतालको अध्यक्षमा दिपेन्द्र श्रेष्ठ नियुक्त


टोखा ।  श्री टोखा चंडेश्वरी अस्पतालको अध्यक्षमा दिपेन्द्र श्रेष्ठ नियुक्त भएका छन ।स्थानिय समाजसेवी र बौद्धीक युवाका रुपमा  परिचित श्रेष्ठको बिहिबार बागमतिप्रदेश सरकारको मन्त्रिपरिषदको बैठकले अध्यक्षमा चयन  गरेको हो ।

मेडिकल माइक्रोवायोलोजीमा स्नातकोत्तर गरी मेडिकल कलेजमा सोही  विषय ८ वर्ष अध्यापन अनुभव समेत गरेका श्रेष्ठको सोही विषयमा त्रिविबाट पिएचडी अन्तिम चरणमा रहेको छ  ।

चिकित्सा विज्ञानसम्बन्धी विभिन्न अनुसन्धानमा संलग्न र विभिन्न अन्तर्राष्टिय जर्नलमा अनुसन्धान लेख प्रकाशित तथा विभिन्न मिडियामा स्वास्थ्य सेवा सम्बन्धि लेख रचना प्रकाशन गरिरहेका छ्न ।   स्थानीय सरकारको सिफारिस र प्रदेश सरकारको प्रस्तावमा संघीय सरकारले यस अस्पताललाई प्रदेश सरकार अन्तर्गत रहने गरी जिल्ला स्तरको अस्पतालको रुपमा निर्णय गरिसकेको छ ।

  अस्पतालमा ५० सैया बेड क्षमताको सामान्य अप्रेशन सहित, प्रसुृति सेवा, ओपिडी सेवा, प्रयोगशाला सेवा, खोप सेवा, फार्मेसी सेवा लगायतको अत्यावश्यक सेवाहरु २४ घण्टा सेवा प्रदान गरिने   उनको भनााइ छ     ।


क्याटेगोरी : समाचार
ट्याग : #draft, #टोखा चंडेश्वरी प्राथमिक स्वास्थ्य केन्द्र, #दिपेन्द्र श्रेष्ठ



तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Clear
5:31 am6:33 pm +0545