Techie IT
आईतबार, वैशाख ७,२०८२

तारकेश्वरमा दोस्रो चरणमा १११६ जनामा कोरोना, १६ जनाको मृत्यु


तारकेश्वर नगर स्वास्थ्य साखाले दिएको जानकारी अनुसार दोस्रो चरणमा कोरोना संक्रमितको संख्या १११६ पुगेको छ । जसमा  ४९६ महिला र ६२० पुरुष रहेका छन् ।

अहिलेसम्म १६ जनाको मृत्यु भएको छ । जसमा १० महिला र ६ पुरुष रहेका छन् । संक्रिय संक्रमितको संख्या ४५६ महिला र ५७१ पुरुष गरी १०२७ जना पुगेका छन् ।

तारकेश्वर १ मा कोरोना संक्रमितको संख्या १९ जना पुगेको छ । वडा नं. २ मा ७२ जना रहेका छन् । वडा नं. ३ मा ३५ जना रहेका छन् । वडा नं. ४ मा ९५ छन् । त्यस्तै वडा नंं. ५ मा ११७ जना छन् । वडा नं. ६ मा १०३ जनामा कोरोना संक्रमण देखिएको छ । वडा नं. ७ मा ९९ जनामा कोरोना संक्रमण देखिएको छ ।

वडा नं. ८ मा १७७ जनामा कोरोना संक्रमण देखिएको छ । वडा नं. ९ मा १२२ जनालाई संक्रमण देखिएको छ । वडा नं. १० मा १३० जना छन् र वडा नं. ११ मा १४७ जना सक्रिय संक्रमित रहेका छन् । तारकेश्वर नगरपालिकामा आजको डाटाअनुसार ४२ महिला र ३९ पुरुष गरी ८१ जनामा कोरोना पुष्टि भएको छ ।

तारकेश्वर नगरपालिकामा आजसम्मको एन्टिजेन टेष्टको रिपोर्टअनुसार प्राथमिक स्वास्थ्य केन्द्र साङलामा २१ जनाको एन्टिजेन टेष्ट गर्दा ४ जनामा पोजेटिभ आएको छ । अहिलेसम्म तारकेश्वरमा ४५८ जनाको एन्टिजेन टेष्ट गर्दा ११८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

निको हुनेहरुको संख्या ७३ रहेको छ ।


क्याटेगोरी : स्थानीय
ट्याग : #तारकेश्वर


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Fair
5:32 am6:32 pm +0545