बाँकेले कोरोना रोकथाम नियन्त्रणका लागि एमालेको १५ दिने अभियान
एमाले

नेपालगंज ३ जेठ ः नेकपा (एमाले) जिल्ला कमिटी बाँकेले कोरोना रोकथाम नियन्त्रण र संक्रमित बिरामीको सहज रुपमा उपचारको लागि १५ दिने जनसेवा अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।
आज बसेको पदाधिकारी बैठकले २८ औ मदन–आश्रित स्मृति दिवसको अवसरमा कोरोनाको रोकथाम र नियन्त्रणका लागि १५ दिने जनसेवा अभियान सञ्चालन गर्ने निर्णय गरेको अध्यक्ष सूर्य ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार १५ दिन अभियानमा बाँकेका ४३९ पार्टी नेता खटिने भएका छन् ।
अभियान अन्तर्गत कोरोना संक्रमित विरामीहरुलाई सहज उपचार सेवा प्रदान गर्न वडास्तरमा खटिने, अस्पतालमा अक्सिजनको अभाव हुन नदिने, होमआइसोलेसनमा स्वास्थ्य लाभ गरिरहनुभएका संक्रमितहरुको मनोवल बढाउँदै आवश्यक सहयोग र समन्वयको लागि सञ्चालन गरिने १५ दिने जनसेवा अभियानलाई प्रभावकारी संचालन गर्न ८१ बडाहरुमा पार्टी प्रतिनिधि तोकिएको छ ।
१५ दिने जनसेवा अभियान तपसीलका कामहरु गरिने छ ।
–कोरोना संक्रमण रोकथामको लागि जारी निषेधाज्ञाका कारण अतिविप्नहरुलाई वडामै राहत संकलन गरि वडामै राहत वितरण गर्ने ।
–होम आइसोलेसनमा बसेकाहरुको मनोबल उच्च बनाउने गरि परामर्श गर्ने ।
–घर तथा उद्योगमा राखिएका अक्सिजन सिलिन्डरहरुको खोजि गरि कोभिड अस्पतालमा जम्मा गर्ने अक्सिजन सिलिन्डरको अभाव हुन नदिने ।
–घरमा सबै कोरोना पोजिटिभ भएका भए सो घर परिवारलाई आवश्यक सबै सहयोग उपलव्ध गराउने ।
–एम्बुलेन्स, औषधि अन्य बस्तुहरुमा हुने अनियामिता रोक्न खबरदारी गर्ने ।
–स्वाथ्यकर्मी र सुरक्षा निकायमा खटिएकालाई सहयोग गर्ने ।
–रगत तथा पलाज्माको अभाव हुन नदिन रक्तmदान गर्ने ।
–१५ दिने जनसेवा अभियान अनुगमनको लागि पार्टीका केन्द्रीय सदस्य मोहम्मद हारुन हलवाई संयोजक रहेको १७ सदस्य अनुगमन समिती गठन गरिएको छ ।
– सयोजक मोहम्मद हारुन हलवाई सदस्यहरु बाबुराम गौतम, शान्ति ढकाल, आरती पौडेल, रामदास थारु, प्रेम भुषाल, बलिभद्र पुन, शिव डोटेल, पुजन विश्वकर्मा, बेदनिधि प्याकुरेल, डम्बर सुबेदी, नरेन्द्र शर्मा, होमप्रकाश सुबेदी, गोपाल गिरी,नरेन्द्र वली,नन्द विश्र्वकर्मा सदस्य रहेको अनुगमन समिति बनाईएको छ ।
क्याटेगोरी : ब्रेकिंग न्युज, राजनीति, विशेष, स्वास्थ्य
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्