Techie IT
आईतबार, वैशाख ७,२०८२

एमाले विवाद : कार्यदल मार्फत हल गर्न सहमति


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच पार्टीभित्रको विवाद हल गर्न कार्यदल बनाउने सहमति भएको छ ।

काठमाडौंको चपलीस्थित व्यवसायी रामेश्वर थापाको घरमा ओली र नेपालबीच भएको वार्ता पछि नेपाल समूहको सामूहिक राजीनामा तत्काललाई टरेको छ । ‘अब कार्यदलले सहमतिको प्रस्ताव ल्याउँछ, त्यसै आधारमा थप निर्णय हुन्छ’, उनले भने । ओलीले २८ फागुनमा नेपाल समूहका नेताहरुलाई भूमिकाविहीन बनाउने गरी जिम्मेवारी हेरफेर गरेका थिए । त्यस्तै भने नेता नेपालसहित चार नेतालाई कारबाही गरेका थिए ।

बिहीबार बालुवाटारमा बसेको एमाले स्थायी कमिटी बैठकले नेता नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई गरेको कारबाही फिर्ता लिने निर्णय लिएको थियो । बालुवाटारमा बसेको बैठकले पार्टी विवादका विषयमा थप निर्णयको अधिकारसमेत अध्यक्ष ओलीलाई दिएको थियो ।

त्यस्तै बिहीबार बिहान बसेको नेपाल समूहको बैठकले पनि वार्तामा जाने निर्णय गरेको थियो । तर २ जेठ २०७५ को अवस्थामा पार्टी लैजाने अडानबाट पछि नहट्ने निष्कर्ष पनि निकालेको थियो ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #एमाले विवाद


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Fair
5:31 am6:33 pm +0545