Techie IT
आईतबार, वैशाख ७,२०८२

खैरहनीबाट लागूऔषधसहित एक जना पक्राउ


चितवन । चितवन प्रहरीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार प्रहरीको नियमित गस्तीको क्रममा हिजो (मंगलबार) राती ११ बजे खैरहनी नगरपालिका ४ गैंडा आहालबाट कालिका नगरपालिका ८ न्युरेनी बस्ने २५ बर्षीया विनोद चेपाङलाइ पक्राउ गरेको हो ।

पक्राउ परेका चेपाङलाइ शंका लागी प्रहरी अधिकृत सहितको टोलीले उनी सवार ना ४६ प ८१२३ नम्बरको मोटरसाईकललाई चेकजाँच गर्ने क्रम्मा उनको साथबाट प्रतिवन्धित लागूऔषध डाईजेपाम ३१ एम्पुल, ब्युप्रिनर्फिन ३१ एम्पुल र फेनारगन ३१ एम्पुल गरी ९३ थान फेला परेको थियो । पक्राउ परेका उनीमाथि थप अनुसन्धान गर्ने कार्य भइरहेको चितवन प्रहरीले जनाएको छ ।


क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्थानीय


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Partly Cloudy
5:32 am6:32 pm +0545