चितवन प्रहरीद्वारा ३७० थान अक्सिजनका सिलिन्डर नियन्त्रण

चितवन । चितवन प्रहरीले जिल्लाको विभिन्न स्थानहरू बाट प्रयोगविहीन अवस्थामा रहेका ३७० थान अक्सिजन सिलिण्डर नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख (एसपी) ओम प्रसाद अधिकारीका अनुसार प्रहरीले जिल्लाको विभिन्न स्थानहरूबाट ११३ र जिल्ला बाहिरबाट २५७ थान गरी झन्डै ३७० थान सिलिण्डर नियन्त्रणमा लिएको जनाएको हो ।
चितवनबाट अन्य जिल्लामा लगेर होल्ड भएका सिलिण्डर जिल्ला प्रशासन कार्यालयको समन्वयमा प्रहरीले फिर्ता ल्याएको उनले बताए । (एसपी) अधिकारीले भने, चितवन र अन्य जिल्लामा अधिकांश सिलिण्डर ग्रील उद्योग तथा कलकारखानामा स्टक राखिएको अवस्थामा भेटिएपछि हामीले नियन्त्रणमा लिएर कार्यालयमा राखेका छौँ ।
उनलेे भने, यसरी नियन्त्रणमा लिएकामध्य टाँडी, खैरहनी, भण्डारा, गीतानगर र दिव्यनगर मातहतका विभिन्न प्रहरी कार्यालयहरुले ८८ वटा भरिएका र ८ वटा खाली गरी जम्मा ९६ वटा सिलिण्डर रहेका छन् । त्यस्तै, २६ गते जिल्ला प्रहरी, वडा प्रहरी नारायणगढ र प्रहरी चौकी बसपार्कले १७ वटा सिलिण्डर नियन्त्रणमा लिएको छ ।
वीरगञ्जबाट १७० र भैरहवाबाट ८७ थान सिलिण्डर समेत नियन्त्रणमा लिएको (एसपी) अधिकारीले जानकारी दिए । नियन्त्रणमा लिइएका मध्य ३१९ वटा सिलिण्डरहरु रामनगरस्थित स्वर्गद्वारी अक्सिजन ग्याँस उद्योगमा राखिएको र अन्य सिलिण्डर प्रहरी कार्यालयले राखेको उनलेे बताए ।
सिलिन्डर भए उपलब्ध गराइदिनु : प्रहरी
यसैबीच, चितवन प्रहरीले (सोमबार) अनावश्यक रुपमा थन्किएर रहेका अक्सिजनका ग्याँस सिलिन्डरहरु भए प्रहरीलाई उपलब्ध गराइदिन अपिल गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले नयाँ भेरियन्ट सहितको कोरोना भाईरसले कोरोनाबाट संक्रमित बिरामीहरुलाई उपचारका लागी अक्सिजनको आवश्यकता परेको भन्दै अनावश्यक रुपमा थन्किएर रहेका अक्सिजनका ग्याँस सिलिन्डरहरु भए जानकारी दिन अनुरोध गरेको हो ।कोरोना भाइरस (कोभिड १९) को महामारी बढ्दै जाँदा अहिले देशभर अक्सिजनको अभाव छ । यहीँ क्रममा ठूला अस्पतालले पनि अक्सिजन सिलिण्डरको अभाव देखाउँदै आएको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्