निफमा कलाकारहरुको एउटौ स्वर : सिनेमा कल्चरनै थियटर कल्चर

काठमाडौ –नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सव (निफ)मा वरिष्ठ कलाकारहरुले नेपाली सिनेमा कलचर भनेकौ थियटर कल्चर हो भनेका छन । निफद्धारा आयोजित चौथो संस्करणमा आज कोरोना पछिको नेपाली चलचित्र विषयक अन्तरक्रिया गरिएको छ ।
सो कार्यक्रममा चलचित्र निर्माता अर्जुन कुमारले कोरोनाका कारण चलचित्रका सबै क्षेत्र मारमा परेको हुँदा हल बाहेक अन्य विकल्प खोज्न पर्ने बताए । युट्यूब बाहेका अन्य माध्यामबाट चलचित्र हेर्नेको संख्या अतन्यतै न्यून रहेको छ । हाल नेपाली सिनेमा हेरीएको नभई जवरजस्ती देखाइएको अवस्था रहेकाले सजिल्लो माध्याम हुनुपर्ने उनको भनाई छ । नेपाल टेलिभिजन लगायत सरकारी निकायबाट चलचित्र हर्ने सजिलो माध्याम बनाइनु पर्ने उनको जोड छ ।
ADVERTISEMENT
सोही अवसरमा नेट टिभीका संचालक मनोज अग्रवालले कोरोनाको महामारीलाई चलचित्र जगतलाई अवसरमा बदल्न सकिने बताए । बनीसकेका चलचित्रहरुलाई रेभीन्यू शेयरीङ्गबाट पनि डिजिटल प्लेटर्फम मार्फत प्रसारण गर्ने सकिने बताए ।
नेटफिलीक्स , एमाजोनको उदारण दिनै अव डिजिटल प्रविधिबाट नेपाली चलचित्रलाई लान सकीने उनको भनाई छ । चलचित्र आमाको डिजिटल प्रबिधिबाट सफल एवं राम्रो आम्दानी गरको स्मरण गर्दे हलको विकल्पमा नयाँ प्रविधि खोज्नपर्ने उनले बताए ।
नायीका एवं चलचित्र निर्माता रेखा थापाले डिजिटल प्यालटफर्म बैकल्पीक उपाय भएपनि नेपालको सबै भूगोल र जनतासम्म पुग्न नसक्ने हुँदा हाललाई उपयुक्त नहुने बताइन् । नेपाली चलचित्र हलमा हेर्ननै रमाइलो हुने उनले तर्क गरिन् ।
म्युजिक भिडिओ र सानो पर्दाका टेलिफिल्महरूको छायाङ्कन तथा निर्माण केही हुन थालेपनि ठूला चलचित्रहरूको छायाङ्कन र निर्माण अझै सुरु नभएको अवस्था रहेको नायिका थापाले बताइन् ।
सरकारले गरेको निषेधाज्ञा खुलेको अवस्थामा पनि चलचित्र क्षेत्र नियमित गतिविधिका पहिले झै फर्कन करिब ६÷८ महिना लाग्ने देखिएको छ । यस्तो अवस्थामा चलचित्र कर्म गर्दै आएका कलाकार तथा प्राविधिकहरु भने पूर्ण रुपमा बेरोजगार हुने सक्ने देखिएको छ । उनीहरुको दैनिक गुजारामा समेत समस्या उत्पन्न हुन सक्ने नायीका रेखा थापा बताउछिन ।
कार्यक्रममा चलचित्र निर्माता अशोक शर्मा सिनेमा कल्चर भनेको थियटर कल्चर हो । सिनेमा बनेपछी थियटरमा लगाउनु अघि विभिन्न प्रचार प्रसार गरेको हुन्छ हलमा प्रर्दशन गराउन । हलमा दर्शकहरुको माहोल , रियाक्सन, मनोविज्ञान बुझेर नै निर्मातहरुले सोही अनुसार चलचित्र निमार्ण गर्ने गरेको बताए ।
सिनेमाको प्रारम्भिक बजार भनेको हलनै भएको हुँदा पारीवारीक एवं बाहिरी दृश्टीकोणले पनि उपयुक्त रहेको बताए ।
अहिले नेपालको थियटरको अवस्थाको कुरा गर्नु पर्दा जय नेपाल हल बन्द भयो , कुमारी हल बन्द हुने अवस्था छ । २२ वटा सिनेमा हलहरु बन्द भएको अवस्था छ । मल्टीपेल्सहरुपनि भाडानै संचालन भएको हुँदा टिक्ने अवस्था न्युन रहेको छ । कोरोना महामारी लम्बदै गयो भने १० बर्ष चलचित्रमा असर पार्ने उनको भनाई छ ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #निफमा कलाकारहरुको एउटौ स्वर
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्