Techie IT
बुधबार, माघ २३,२०८१

टोखाका मेयर प्रकाश अधिकारीको गाडी अव नागरिकको स्वास्थ सेवामा


काठमाडौं । टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले आफूले चढ्दै आएका गाडी अव स्वास्थ प्रयोजनका लागी प्रयोग हुने भएको छ।

नगरपालिकाभित्रै दिनप्रतिदिन कोरोना संक्रमितको संख्या थपिदै जाँदा स्वास्थ सामाग्री   ओसारपसार गर्ने , कोरोना संग सम्बन्धीत सम्पूर्ण समाग्रीहरु बोक्ने र आवश्यक परेमा नगरपालिकाको अन्य गाडीले नभ्याएको खण्डमा ननकोभीडका बिरामीहरु ओसार पसार गर्ने  तथा प्रशासनिक कार्य गर्न सो गाडी उपयोग हुने मेयर अधिकारीले  बताए ।

विपद्को समयमा जनताको सेवा गर्नु जनप्रतिनिधिको मुख्य धर्म हो, नगरबासीको स्वास्थ भन्दा माथि केही छैन तसर्थ आफू गम्भीर एवं प्रतिबद्ध रहेको उनको भनाइ छ ।

यसै बिच टोखा नगरपालिकाका स्वास्थ शाखा प्रमुख रणलाल कुलालले कोरोना महामारीको बिशम परिस्थीतीमा नगर प्रमुखको सक्रीयतामा  अक्सिजन सिलिन्डर चोहो भैइसकेको बताए ।

बिभिन्न सरकारी अस्पतालहरुमा अक्सीजन अभावभैरहेको बेला टोखा नगरपालीकाले शुरुवाती चरणमा २५ वटा अक्सिजन सिलिन्डर  संचीत गर्न सफल भएको उनको भनाइ छ ।

 

हाल नगर प्रमुख उपप्रमुख सहित नगरपालिकाको चारवटौ गाडी स्वास्थ प्रयोजनका लागी प्रयोग हुदै आएको स्वास्थ प्रमुख रणलाल कुलालले बताए ।

 

आज बसेको  कोभिड भेरिएन्ट संक्रमण,नियन्त्रण,ब्यवस्थापन तथा अनुगमनू समितिको बैठकले PCR/Antigen परिक्षणलाई आइतवार PHC भवन टोखा, मंगलवार गोङबु र शुक्रबार श्रीसमाज तिलिङटार गरि हप्तामा ३ दिन जांचगर्ने  समेत निर्णय गरेको स्वास्थ प्रमुख  कुलालले बताए ।

 

साथै निम्न ब्यक्तीहरु आवश्यक समन्वयन र सम्पर्कमा रही रहने मेयर अधिकारीले बताए ।

१।प्रकाश अधिकरी नगर प्रमुख ९८५१२(३४७८९

२।ज्ञानमाया डङ्गोल संयोजक  ९८५१२(५४७८९

३।रनलाल कुलाल प्रमुख स्वास्थ्य शाखा

९८५१०(१६२८३
४।वसन्त गैरे स्वस्थ्य शाखा

९८५८०(२८४२८
५।दीपकराज जोशी सदस्य ९८५१२(२९१४२

६।नरोत्तम राना सदस्य

९८५१२(३१५३२
५।जगन्नाथ ढकाल सदस्य

९८४१(९१०१०१
७।उत्तम अधिकारी सदस्य

९८४१(४१५१७९
८।पर्वती अधिकारी सदस्य

९८६०(४४०६४६
९।श्रीकृष्ण अधिकारी सदस्य

९८५११(३३७४९

१०।बच्चुराज बस्याल सदस्य रनपा प्रवक्ता

९८५१०(०१४३२

टोखा नगरपालिकाले यसअघि चण्डेश्वरी स्वास्थ भवनलााई अक्सिजन सहितको आइसोलेसन अस्पतालको रुपमा सञ्‍चालन गरिसकेको छ ।

 

 


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #प्रकाश अधिकारी


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
Fair
6:46 am5:49 pm +0545