Techie IT
मंगलबार, वैशाख ९,२०८२

विदुर नगरपालिकाका वडा सदस्य भण्डारीको मस्तिष्काघातका कारण मृत्यु


नुवाकोट, विदुर नगरपालिका–२ का वडा सदस्य राधाकृष्ण भण्डारीको गए राति मस्तिष्काघातका कारण मृत्यु भएको छ । पचास वर्षीय भण्डारी लामो समयदेखि उच्च रक्तचापबाट पीडित हुनुहुन्थ्यो । बिहीबार राति करीब ९ बजे रक्तचाप बढेपछि उहाँलाई उपचारका लागि काठमाडौंँ लगिएको थियो ।

भण्डारीका उपचारका लागि न्युरो अस्पताल पु¥याउनासाथ मृत्यु भएको जानकारी अस्पतालले परिवारलाई दिएको थियो । नेकपा(एमाले)बाट निर्वाचित वडा सदस्य भण्डारीको निधनमा दुःख व्यक्त गर्दै नगर प्रमुख सञ्जु पण्डितले नगरले एक असल जनप्रतिनिधि गुमाएको बताउनुभयो ।

उहाँको निधनमा शोकव्यक्त गर्न आज एकदिन नगरपालिकाका १३ वटै वडा कार्यालय बन्द गरियो ।


क्याटेगोरी : समाचार
ट्याग : #विदुर नगरपालिका


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
21°
Fair
5:29 am6:34 pm +0545