Techie IT
आईतबार, वैशाख ७,२०८२

कामपा १८को नरदेवीमा ५० वेडको आइसोलेसन बनाइने


सीता पौडेल(अर्चना)

काठमाडौं।काठमाडौं महानगरपलिका वडा नम्बर १८को नरदेवीमा अवस्थित  ‘नरदेवी आयुर्वेदिक अस्पताल ’मा ५० वेडको आइसोलेसल सञ्चालन गरिने भएको छ। यस विषयमा महानगरले बिहीबार सोहि अस्पतालका निर्देशक डा. दिपक के. सीसँग वृहत छलफल गरेको छ।

११८वेडको क्षमता भएको नरदेवी अस्पतालमा नगरपालिकाले जेठ १ गतेदेखि तत्कालका लागि अक्सिजनसहितको ५० वेडको आइसोलेसन निर्माण गर्ने काममा सोहि वडाका वडा अध्यक्ष न्युच्छेकाजी महर्जनलाई संयोजकको जिम्मेवारी प्रदान गरेको कमपाका नगर प्रमुख विद्यासुन्दर शाक्यले बताएका छन् ।


क्याटेगोरी : स्थानीय
ट्याग : ###५० वेडको आइसोलेसन, ##नरदेवी, #breaking


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
24°
Fair
5:32 am6:32 pm +0545