Techie IT
बुधबार, माघ २३,२०८१

आइसोलेसन निर्माण गर्दै पत्रकार महासंघ


काठमाडौं।नेपाल पत्रकार महासंघले कोरोना संक्रमित पत्रकारका लागि अक्सिजन सहितको आइसोलेशन केन्द्र निर्माण गरेको छ।

महासंघले केन्द्रीय कार्यालयमा अक्सिजनसहितको १० बेडको आइसोलेसन केन्द्र निर्माण गरेको हो।जसमध्ये ५ बेडको आइसोलेसन तयार भएसकेको र बाँकी थप ५ बेडको आइसोलेसन तयार हुँदै गरेको बताएको छ।महासंघले कोरोना संक्रमित पत्रकार तथा सञ्चारकर्मीको उद्दार तथा उपचारमा सक्रिय भएर लाग्न देशभरका सबै प्रदेश र शाखाहरुलाई अनुरोधसमेत गरेको छ।

संक्रमित पत्रकारका लागि अहिलेसम्म महासंघको रोल्पा, दाङ, कपिलवस्तु, अर्घाखाँची, गुल्मी, पर्वत र बाग्लुङशाखाले अक्सिजनसहितको आइसोलेसन सेन्टरको व्यवस्था गरिसकेको छ।

नेपालमा हालसम्म देशभर ६५० पत्रकार कोरोना संक्रमित भएकोमा २५० जना सक्रिय संक्रमित रहेका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : ##आइसोलेशन केन्द्र निर्माण, #breaking, #नेपाल पत्रकार महासंघ


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
11°
Fair
6:46 am5:49 pm +0545