आजदेखि निफको चौथो संस्करण :कश्यपले अनुभव सुनाउने

नेपाल अन्तरराष्ट्रिय चलचित्र महोत्सव (निफ)को चौथो संस्करण आज शुरु हुँदैछ । भर्चुअल संस्करणमा यस वर्ष भारतीय चलचित्र क्षेत्रका लेखक, निर्माता, अभिनेता र सम्पादक अनुराग कश्यपले आफ्नो अनुभव सुनाउनु हुने छ ।
‘विश्वका कथाहरुको उत्सव’ भन्ने नाराका साथ नेपालमा चलचित्र संस्कृतिको विकास गर्ने उद्देश्यसहित शुरु भएको निफ यस वर्ष भर्चुअल रुपमा सञ्चालन गर्न लागिएको नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष केपी पाठकले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “नेपाली चलचित्र र चलचित्रकर्मीलाई विश्वका चलचित्र र चलचित्रकर्मीमाझ परिचित गराउने तथा चलचित्रमार्फत नेपाली कला, संस्कृति र पर्यटनलाई विश्वभरि फैलाउने गरी नेपालमा हुँदै आइरहेको अन्तर्राष्ट्रिय चलचित्र महोत्सव हो ।
विश्वभरि फैलिएको कोभिड–१९ का कारण हाल देश निषेधाज्ञामा रहेकाले हामीले भौतिक रुपमा महोत्सव आयोजना गर्न नसकी भर्चुअल रुपमा आयोजना गर्ने लागेका हौंँ ।” पाँच दिनसम्म चल्ने महोत्सवमा पहिलो दिन कश्यपले अनुभव सुनाइसकेपछि शुक्रबारदेखि अन्य गतिविधि सञ्चालन गरिने जनाइएको छ ।
महोत्सव यही वैशाख २७ गतेसम्म सञ्चालन हुनेछ ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #निफको चौथो संस्करण
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्