आइसोलेशन श्यया तयार पार्दै वालिङ नगरपालिका

स्याङ्जा।नयाँ भेरियन्ट कोभिड–१९ को सङ्क्रमण दर ह्वात्तै बढेपछि स्याङ्जाको वालिङ नगरपालिकाले आइसोलेशन श्यया निर्माणको तयारीलाई तीव्रता दिएको छ। देशका विभिन्न ठाउँमा अक्सिजनको अभावका कारण सङ्क्रमितहरुको ज्यान गइरहेका बेला पालिकाले अक्सिजन सहितको श्यया निर्माणको कार्यलाई तीव्रता दिएको हो ।
स्मार्ट सिटीको अवधारणामा अगाडि बढ्दै गरेको वालिङ नगरपालिकाले मङ्गलबारबाट अक्सिजनसहितको छ श्यया सञ्चालनमा ल्याएको छ। वालिङ नगरपालिकाले गह्रौँ प्राथमिक अस्पतालमा तत्कालका लागि अक्सिजन र नेबुलाइजरसहितको सुविधा सम्पन्न छ श्यया तयार गरी सञ्चालनमा ल्याएको नगरप्रमुख दिलीपप्रताप खाँणले बताए।प्रमुख खाँणले भने“अस्पतालमा पहिलो चरणमा हामीले छ श्यया निर्माण गरी सञ्चालनमा ल्याएका छौँ”, केही दिनभित्रैमा २५ श्यया क्षमताको पु¥याउने गरी काम तीव्र गतिमा भइरहेको छ ।”
वालिङका नागरिकको स्वास्थ्यसम्बन्धी उपचारका लागि नगरपालिका प्रतिबद्ध रहेको भन्दै उनले भने , “कोभिड सङ्क्रमित बिरामीलाई अक्सिजनको कमी हुन दिने छैनौँ र उपचारमा कुनै अभाव महसुस हुन नदिने गरी तयारी गरिरहेका छौँ ।”
अस्पतालमा निर्माण गरिएको सुविधा सम्पन्न आइसोलेशनमा चौबिसै घण्टा चिकित्सक तथा स्वास्थ्यकर्मीले उपचार तथा परामर्श दिने व्यवस्था मिलाइएको स्वास्थ्य शाखा प्रमुख एवं जनस्वास्थ्य निरीक्षक कमलप्रसाद पाण्डेले बताए ।
नगरपालिकाले अस्पतालमा नै कोरोनाको एन्टिजिनसमेत परीक्षण गर्दै आएको अस्पतालका प्रमुख चिकित्सक सरोज थापाले बताए ।परीक्षणको दर वृद्धिसँगै सङ्क्रमितको दर पछिल्ला दिनहमा बढ्दै गएकाले जटिल बिरामीलाई अस्पतालमै र सामान्य बिरामीलाई होम आइसोलेशनमा राखिएको प्रमुख चिकित्सकको भनाइ छ।
क्याटेगोरी : स्थानीय
ट्याग : ##वालिङ नगरपालिका
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्