Techie IT
बुधबार, माघ २३,२०८१

तारकेश्वरमा दुई एम्वुलेन्स , साङला प्राथमिक स्वास्थ्य केन्द्रलाई ५० बेडको अक्सीजन थेरापी


काठमाडौं । तारकेश्वर नगरपालिकाले दोस्रो चरणको कोरोना संक्रमण बडेसँगै नगरपालिकामा भएको दुई एम्वुलेन्सलाई पुनः सञ्चालनमा ल्याएको छ । नगर प्रमुख रामेश्वर बोहोराद्वारा निकालिएको विज्ञप्तिअनुसार एउटा एम्वुलेन्स कोरोनाका बिरामीहरुलाई र अर्को एम्वुलेन्स अन्य प्रकारका बिरामीहरुका लागि बोक्न प्रयोग गरिनेछ ।

नगरबासीलाई कुनैपनि समस्या भएमा २४ सै घण्टा नगर स्वास्स्था शाखाका कर्मचारी कल्याण लामिछानेको सम्पर्क नम्वर ९८४१६७७६५८ मा सम्पर्क गरेर कोभिडका बिरामीले बा. १ झ ९४१८ नम्वरको एम्वुलेन्सका चालक कृष्णप्रसाद अर्यालको सहयोगमा अस्पताल जान सकिन्छ ।

त्यस्तै अन्य बिरामीहरुका लागि पनि निःशुल्क एम्वुलेन्स सेवा लिनका लागि कल्याण लामिछानेलाई २४ सै घण्टा सम्पर्क गरेर बा. १७ च ५७१० नम्वरको एम्वुलेन्सको चालक रामकाजी श्रेष्ठको सहयोगमा अस्पताल जान सकिन्छ ।

त्यस्तै नगरपालिकाले प्राथमिक स्वास्थ्य केन्द्र साङलालाई ५० बेडको अक्सीजन थेरापीसहितको आइसोलेसन तयार गरिरहेको जनाएको छ ।

तारकेश्वर नगरपालिका भित्र कसैलाई स्वास्थ्य समस्या भएमा वा स्वास्थ्यकर्मीको सल्लाह लिनुपरेमा डा. नहकुल पौडेलको मोवाइल नम्वर ९८४११८१५५५ मा सम्पर्क गर्न सकिन्छ । त्यस्तै नगर स्वास्थ्य साखा प्रमुख बिनोद शाहको मोवाइल नम्वर ९८४९७६२५९६ मा पनि सम्पर्क गर्न सकिन्छ ।

 


क्याटेगोरी : स्थानीय
ट्याग : #तारकेश्वरमा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
15°
Fair
6:46 am5:48 pm +0545