निफमा बलिउड निर्देशक अनुराग कश्यपले मास्टरक्लास दिने

काठमाडौं : आउँदो २३ गतेदेखि सुरु हुन लागेको नेपाल अन्तर्राष्ट्रि फिल्म फेस्टिभलमा बलिउड निर्माता तथा निर्देशक अनुराग कश्यपले मास्टरक्लास दिने भएका छन् । निफका अध्यक्ष केपी पाठकले विज्ञप्ति जारी गर्दै उनले उद्घाटनको दिन अर्थात २३ गते नै ३.३० बाट ४.३० सम्म फिल्मको बारेमा बोल्ने जानकारी गराएका छन् । सो दौरान उनले सिनेमा सम्बन्धी आफ्ना अनुभवहरू बाँड्ने छन् ।
भौतिक रुपमा नै आयोजना गर्ने गरी तयारी सुरु गरेको फेस्टिभलले केही दिन अघिसम्म हाइब्रिड मोडलमा सञ्चालन गर्ने बताएको थियो । तर, फेस्टिभलको दिन नजिकँदै जाँदा कोभिड–१९ को दोस्रो लहरले छपक्क छोप्न थालेपछि फेस्टिभल अनलाइन मोडलमा गएको थियो । केपी पाठकले फिल्मको प्रदर्शन तथा अन्तक्र्रियाहरू नेट टिभीसँगै फेस्टिभलको पेजबाट लाइभ गरिने जनाएको छ ।
अनुराग कश्यप बलिउडका ‘अटर’ निर्देशक मानिन्छन् । लेखकको रुपमा बलिउड करिअर सुरु गरेका उनले ‘सत्या’, ‘शूल’, ‘युवा’ जस्ता फिल्मको पटकथा तथ संवाद लेखेका थिए । उनको डेब्यू निर्देशन रहेको ‘पाँच’ले हलको मुख देख्न नपाए पनि सन् २०१२ मा रिलिज भएको ‘ग्याङ्स अफ वासेपुर’का दुई सिरिजबाट उनले अभूतपूर्व चर्चा पाएका थिए ।
यसपछि उनले ‘मनमर्जियाँ’, ‘चोक्ड’, ‘मुक्काबाज’ जस्ता फिल्मको निर्देशन गरेका थिए । निर्माणमा पनि उत्तिकै सक्रिय उनले नेटफ्लिक्समा रिलिज भएका ‘सेक्रेड गेम्स’, ‘लस्ट स्टोरिज’ आदि फिल्म तथा सिरिजको निर्माण गरेका थिए । फेस्टिभल २७ गतेसम्म चल्नेछ ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #अनुराग कश्यप
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्