Techie IT
आईतबार, वैशाख ७,२०८२

चितवनका एसपी अधिकारीलाई कोरोना संक्रमण पुष्टि


चितवन । चितवनका प्रहरी प्रमुख (एसपी) ओमप्रसाद अधिकारीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

कोरोना कोभिड रोकथाम र जिल्लाको शान्तिसुरक्षा नियन्त्रणमा लिन आफैं फिल्डमा खटिदै आएका (एसपी) अधिकारीलाइ गत, बैशाख १४ गते कोरोना संक्रमण पुष्टि भएको हो । सामान्य रुघाखोकी र हल्का ज्वरो आएका अधिकारीलाई कोरोना संक्रमण पुष्टि भए संगै यतिबेला उनी आफैं आत्मबलका साथ क्वाटरमा वसेर जिल्लाको सुरक्षाको कमाण्ड सम्हालिरहेका छन् ।

उनले त्यहींबाट मातहतका प्रहरीहरुलाई कोरोना नियन्त्रणका लागी जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञाको प्रभावकारी रूपमा कार्यन्वयन गराउन आदेश र निर्देशन समेत दिने गरेका छन् । अहिले चितवन जिल्ला प्रहरी कार्यालयमा २ सय जना भन्दा बढी प्रहरी कर्मचारी रहेपनि (एसपी) अधिकारीलाइ मात्रै कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोना संक्रमण पुष्टि भएसंगै (एसपी) अधिकारीले जिल्लाको शान्तिसुरक्षा नियन्त्रण नै प्रमुख दायित्व रहेको बताए । मलाई कोरोना संक्रमण पुष्टि भएको छ, म क्वाटर मै छु । उनलेे भने, जिल्लाको प्रहरी प्रमुखको कमान्ड सम्हालिरहदा कोरोना लाग्यो भन्दैमा पन्छिन मिल्दैन, प्रहरी कार्यालय अन्य कार्यालय जस्तो होइनन्, उनी भन्छन् : म नियमित मातहतका विभिन्न प्रहरी इकाइहरु संग सम्पर्कमा रहिरहेको छु ।

उनलाई कोरोना संक्रमण भएपनि उनका सुरक्षागार्ड तथा कार्यालय सहयोगीलाइ भने अहिलेसम्म संक्रमण देखिएको छैैनन् । उनले प्रहरी समूहमा बस्ने, खाने र हिँड्ने भएकाले कोरोना सर्ने जोखिम पनि उच्च हुने हुँदा विषेश सावधानी अपनाइएको बताए । जिल्ला प्रशासन कार्यालयले गरेको लकडाउन कसैले कसैको विरुद्धमा नभएकाले जनता आफैंले सचेत हुनुपर्ने बताए ।

‘आदेशको कार्यान्वयनका लागि प्रहरी फिल्डमा खटिएको छ, सबैको जीवन रक्षाका लागि प्रहरी खटेको हो, आफ्नो स्वास्थ्य नै जोखिममा पारेर खट्ने प्रहरीलाई सहयोग गर्नुहोस्,’ (एसपी) अधिकारीले भने, ‘अत्यावश्यक काम मात्रै गरौं, अरु काम अहिलेलाई थाती राखौं र सुरक्षित रहौं ।’ यता, प्रहरी हिरासतमा रहेका दुई जना थुनुवामा समेत कोरोना संक्रमण देखिएपछि प्रहरीले थुनुवासँगको भेटघाट समेत केही दिनको लागी बन्द गरेको छ ।


क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्थानीय


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
24°
Partly Cloudy
5:32 am6:32 pm +0545