Techie IT
सोमबार, वैशाख ८,२०८२

निषेधाज्ञा अवज्ञा गर्ने सवारी साधन र मानिस ‘ होल्डमा ’


सीता पौडेल(अर्चना)

काठमाडौं।महानगरीय ट्राफिक प्रहरीवृत्त गोँगबु नयाँवसपार्कले काठमाडौंको बनस्थली, वाइपास र गोंगबुँमा गरि निषेधाज्ञा अवज्ञा गर्ने एक सय तीस बाइकलाई नियन्त्रणमा लिई होल्डमा राखेको छ ।

आज बिहीबार दिउँसोसम्म निषेधाज्ञा अवज्ञा गर्ने एक सय तीस बाइकलगायत अन्य सवारीसाधनलाई नियन्त्रणमा लिइ ‘ होल्डमा ’ राखिएको महानगरीय ट्राफिक प्रहरी वृत्त गोँगबु नयाँवसपार्कका प्रहरी नायब उपरिक्षक कृष्ण प्रसाद पौडेलले बताए । उनका अनुसार उक्त होल्डमा राखेका  सवारीधनीलाई सम्झाइबुझाइ गरेर  बेलुका ८ बजेमात्रै छाडिने छ ।

महानगरीय ट्राफिक प्रहरी वृत्त गोँगबु नयाँवसपार्कका अनुसार बेलुकासम्म् काठमाडौंका विभिन्न ठाउँमा गरेर करिब १६ सय भन्दा बढी सवारीसाधन कारबाहीमा पर्ने देखिन्छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #hot, #निषेधाज्ञा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
18°
Mist
5:31 am6:33 pm +0545