Techie IT
सोमबार, वैशाख ८,२०८२

निफका सबै कार्यक्रम अनलाइनमा


काठमाडौं- नेपाल चलचित्र तथा सान्स्कृतिक प्रतिष्ठानले बर्षेनी आयोजना गर्दै आईरहेको नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सब नीफ को चौथो प्रतिष्ठानले नियमित भएको भए गत फागुन मै हुनु पर्थ्यो तर कोरोना महामारिको कारणले गर्दा अनलाइन नगरने र फिजिकल नै गर्ने उदेस्यले बैशाखको २३(२७ सारे ता पनि यो समयमा झन कोरोना सन्क्रमण बढ्न थाले सँगै सरकारले लकडाउन गरे पछी यस्का सम्भब भए सम्मका गतिबिधी अनलाइन गर्ने र चलचित्र प्रदर्सन नेट टिभी बाट निर्णय भएको यस महोत्सबका अध्यक्ष केपी पाठकले बताउनु भयो।

‘विश्वका कथाहरुको उत्सब’ भन्ने नाराका साथ ‘फिल्म संस्कृति’को विकास गर्ने उद्देश्य सहित सुरु भएको फेस्टिभलमा यो वर्ष महामारीको विषयमा बनेका फिल्मलाई अलग्गै क्याटगोरीमा प्रतिस्पर्धा गराइ अवार्ड पनि वितरण गरिने आयोजकको भनाई छ । कोभिड–१९ ले पारेको प्रभावमा बनेका यस्ता फिल्मले ५ सय अमेरिकी डलर तथा ट्रफी प्राप्त गर्नेछन् । अन्तर्राष्ट्रिय प्रतिष्पर्धा अन्तर्गत सर्वोत्कृष्ट फिचर फिल्मलाई १५ सय अमेरिकी डलर राशिसहित गौतम बुद्ध अवार्ड प्रदान गरिने छ ।

यसैगरि, सर्वोत्कृष्ट बृत्तचित्रलाई १ हजार डलर राशिको माउन्ट एभरेष्ट अर्वाड, सर्वोत्कृष्ट एनिमेटेड चलचित्रलाई ७५० डलरको मञ्जुश्री अवार्ड, सर्वोत्कृष्ट लघु चलचित्रलाई ५ सय डलर राशिको वाग्मती अवार्ड यथावत रुपमा प्रदान गरिनेछ । त्यसैगरी नेपाली प्रतिष्पर्धा अन्तर्गत उत्कृष्ट फिचर फिल्मलाई रु १ लाख , उत्कृष्ट सर्ट फिल्मलाई नगद रु। ५० हजार र फिचर फिल्म तर्फका उत्कृष्ट निर्देशक, लेखक, छायाकार, अभिनेता र अभिनेत्रीलाई पनि ट्रफी प्रदान गरिनेछ ।


क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #निफ


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
18°
Mist
5:31 am6:33 pm +0545