Techie IT
शनिबार, वैशाख ६,२०८२

काठमाडौं महानगरपालिकाको शंखपार्कमा खुल्ला शारीरिक व्यायामशाला शुभारम्भ

महानगरको राम्रो कामको प्रसंसा


सीता पौडेल (अर्चना)
काठमाडौं। काठमाडौं  महानगरपालिका वडा नं ४ शंखपार्कमा खुल्ला शारीरिक व्यायामशालाको शुभारम्भ भएको छ । सोमबार काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्य र नगर उपप्रमुख हरिप्रभा खड्कीले उक्त  व्यायामशालाको रिबन काटेर उदघाटन गरेका हुन् ।

सार्वजनिक जग्गा संरक्षण गरेर बहुउपयोगी पार्क बनाउने योजना अनुसार अगाडी बढेको महानगरले सो पार्कमा व्यायामका लागि करीब ८ लाख रुपैयाँ बराबरका सामान तथा उपकरण  राखेको नगर शाक्यले बताए।  ।

व्यायामशालामा एव्डोमिनल फिटनेट कम्बाइनेसन, एअर वाकर, डबल सर्फोर्ड, सिङ्गल रोइङ् मेसिन, डबल स्लिट्स मेसिन, लेग एक्स्टेक्सन एण्ड फिटनेस राइडर, स्डान्डिङ् एण्ड सिटिङ् ट्वीस्टर, पुस अप एण्ड डिपस्टेशन र लेग लिप्टर लगायतका उपकरण राखेको वडा नं ४का वडाध्यक्ष मोहनबहादुर विष्टले जानकारी दिए।


क्याटेगोरी : स्थानीय
ट्याग : ## काठमाडौं, ##शंखपार्क


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
18°
Partly Cloudy
5:33 am6:31 pm +0545