Techie IT
आईतबार, वैशाख ७,२०८२

बुढानीलकण्ठ नगरपालिका घर नक्सा पास समबन्धि सेवा प्रवाह स्थगित


सीता पौडेल(अर्चना)

काठमाडौं । काठमाडौको बुढानीलकण्ठ नगरपालिकाले नयाँ भेरियन्ट सहितको कोभिड–१९को संक्रमण तिब्र गतिमा बढिरहेको भन्दै सम्भावित जोखिमलाई न्यूनिकरण गर्न नगरपालिकाको कार्यालयबाट सम्पादन गरिने घर नक्सा पास सम्बन्धि अत्यावश्यक बाहेकका सेवा अर्को सूचना प्राप्त नभएसम्मका लागि स्थगित गरेको छ।

नगरपालिकाले सोमबार एक सूचना जारी गदै अत्यावश्यक  वित्तिय कर्जा र वैदेशिक यात्रा प्रयोजनको घर नक्सा पास गर्ने कार्यबाहेक अन्य घर नक्सा पास सम्बन्धी सम्पुर्ण कार्यहरु  बैशाख १४ गते मंगलबारदेखि अर्को सूचना प्राप्त नभएसम्मका लागि स्थगित गरेको जनाएको  हो।

यसबाट सेवाग्राहिमा पर्न जाने असुबिधाप्रति नगरपालिका क्षमाप्रार्थि रहेको समेत सूचनामा उल्लेख छ।

( हेर्नुहोस् बुनपाद्धारा जारी सूचना)


क्याटेगोरी : स्थानीय
ट्याग : ##बुढानीलकण्ठ नगरपालिका


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Partly Cloudy
5:32 am6:32 pm +0545