Techie IT
बिहीबार, माघ ३,२०८१

ब्राउनसुगरसहित दुई युवा पक्राउ


उदयपुर । उदयपुर जिल्लाको त्रियुगा नगरपालिकास्थित गाईघाट बजारबाट ब्राउन सुगर सहित दुई युवालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार पक्राउ पर्नेमा त्रिनपा–३ मिलन चोकका ३४ वर्षीय श्यामकुमार चौधरी र सोही स्थान बस्ने अर्का २८ वर्षीय रेवत खाती रहेको प्रहरीले बताएको छ ।

सोमबार बेलुकी गोप्य सूचनाका आधारमा  सम्बन्धित स्थानमा छापा मार्दा २०० ग्राम ब्राउनसुगरसहित दुई युवालाई पक्राउ गरेको प्रहरीको भनाई छ । ब्राउनसुगरसहित पक्राउ गरिएका दुवैलाई जिल्ला प्रहरी कार्यलयको हिरासतमा राखेर अनुसन्धान शुरु गरिएको उदयपुरका प्रहरी प्रमुख भीमप्रसाद दाहालले बताएका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : ##उदयपुर, ##दुई युवा पक्राउ


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
14°
Mostly Cloudy
6:54 am5:32 pm +0545