काठमाडौं उपत्यकाभित्रका दुई दर्जन ठाउँमा ट्राफिकको चेकिङ

सीता पौडेल (अर्चना)
काठमाडौं। कोभिड –१९ को संक्रमण बढ्दै गएसँगै महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाका दुई दर्जन ठाउँमा चेकिङ प्वाइन्ट राखेको छ। सरकारले जारी गरेको स्वास्थ्य सुरक्षाका नयाँ मापदण्ड अनुसार सार्वजनिक यातायातमा समेत कडाई गर्न थालिएको छ।
सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु चढाउन नपाइने , सार्वजनिक यातायात चढ्ने सबैले अनिवार्य मास्क लगाउनु पर्ने , सवारी साधनको ढोकामा र भित्र स्यानिटाइजरको व्यवस्था गर्नु पर्ने, चालक र सहचालकले मास्कका साथै भाइजरसमेत अनिवार्य लगाउनु नयाँ मापदण्डमा उल्लेख छ । यस मापदण्डलाई कायम गराउन महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाका दुई दर्जन ठाउँमा चेकिङ प्वाइन्ट राखेको हो।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसएसपी जनकराज भट्टराइका अनुसार यी चेकिङ प्वाइन्टबाट मापदण्ड पालना गरेको वा नगरेको कडाईका साथ चेकिङ् गरिन्छ ।तसर्थ सुरक्षाका मापदण्ड पूर्ण पालना गर्न महानगरीय ट्राफिक प्रहरी महाशाखाले सम्बन्धित सबैमा अनुरोध समेत गरेको छ ।
महाशाखाले नयाँबजार, पुरानो बसपार्क,कमलपोखरी, कलंकी चोक, सीतापाइला,एकान्तकुना, बल्खु लगायतका विभिन्न स्थानमा चेकिङ राखेको छ।
क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : ##कडाई, ##ट्राफिकको चेकिङ
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्