Techie IT
आईतबार, वैशाख ७,२०८२

राष्ट्रपति भण्डारीद्वारा थापालाई गृहमन्त्रीमा पुनः नियुक्त


काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीका सिफारिसमा नेता रामबहादुर थापालाई गृहमन्त्रीमा पुनः नियुक्त गरेकी छन ।

नेकपा (एमाले) संसदीय दलका नेता ओलीको नेतृत्वमा नेतृत्वमा विसं २०७४ फागुन ३ गते गठित मौजुदा मन्त्रिपरिषद्मा नेपालको संविधानको धारा ७८ को उपधारा ९१० बमोजिम सो नियुक्ति गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता रुपनारायण भट्टराईद्वारा आइतबार जारी विज्ञप्तिमा उल्लेख छ ।

गृहमन्त्री थापा आजै राष्ट्रियसभा सदस्यबाट मुक्त भएका थिए ।  कुनै पनि व्यक्ति सांसद पदमा नरहे पनि छ महिनासम्म मन्त्री बन्न पाउने संवैधानिक प्रावधान रहेको छ ।

(विज्ञप्तिसहित)

 

 


क्याटेगोरी : राजनीति
ट्याग : ##थापालाई गृहमन्त्रीमा पुनः नियुक्त, #breaking


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
27°
Fair
5:32 am6:32 pm +0545