Techie IT
शनिबार, वैशाख ६,२०८२

महाधिवेशन आयोजक कमिटीको बैठक वैशाख ६ र ७ गते बस्ने


काठमाडौं। नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक वैशाख ६ र ७ मा बस्ने भएको छ । एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख ६ र ७ गते बस्ने गरी महाधिवेशन आयोजक कमिटीको बैठक बोलाएका हुन् ।

बैठकले समसायिक विषयमा पार्टीको धारणा तय गर्नुका साथै पार्टीको आन्तरिक कार्य बिभाजनसमेत गर्ने कार्यसूची तय गरेको छ । यसअघि एमालेको केन्द्रीय कमिटीको दशौं, एघारौं र बाह्रौं बैठकले केन्द्रीय कमिटीलाई महाधिवेशन आयोजक कमिटीमा रुपान्तरण गरी पार्टीमा अध्यक्ष र महासचिवमात्र पदाधिकारी रहने ब्यवस्था गरेको थियो । उक्त बैठकले बिशेष निर्णय लिने बताइएको छ ।

सो बैठकले एमालेको स्थायी कमिटी गठन गर्ने सम्भावना रहेको एमालेका नेताहरुको भनाई छ । यसअघिको बैठकले स्थायी कमिटीको नाम तय गरी केन्द्रीय कमिटीमा प्रस्ताव गर्ने जिम्मा अध्यक्ष ओली र महासचिव ईश्वर पोखरेललाई दिएको बताएको छ।


क्याटेगोरी : राजनीति
ट्याग : ##वैशाख ६ र ७ गते बैठक, #breaking, #नेकपा एमाले


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Partly Cloudy
5:33 am6:31 pm +0545