रोटरी सम्मेलन (रोटरी कन्फ्रेन्स) सिकाइको थलो हो : डिष्ट्रिक गर्भनर राजिव पोख्रेल

सीता पौडेल (अर्चना )
काठमाडौं । रोटरी इन्टरन्यासनल ३२९२ नेपाल –भुटान अन्तर्गतका नेपालका २०२०–२१ डिष्ट्रिक गर्भनर रोटरीयन राजिव पोख्रेलले रोटरी कन्फ्रेन्स सम्पुर्ण रोटरीयनका लागि सिकाइको थलो भएको बताएका छन् ।
शुक्रबारदेखी काठमाडौंमा शुरु भएको १३ औं कन्फेन्सको उद्घाटन समारोहमा उपस्थित सबैलाई स्वागत गदै गर्भनर पोख्रेलले देशभरका सबै रोटरी क्लब तथा रोटरीयन , रोट¥याक्ट, इन्ट¥याक्टहरुले गरेका सेवा , सेवापश्चात मिल्ने आत्म सन्तुष्टि साटासाट गर्ने माध्यामको रुपमा कन्फ्रेन्सलाई लिन सकिने बताए ।
सम्मेलनले रोटरीयनहरुवीचमा आत्मियता , भाइचारा र बन्धुत्वको भाव सृजना गर्नूका साथै आफूभन्दा माथी उठेर निस्वार्थ भावले सेवा गर्ने रोटरीयनहरुलाई सेवामा सधैं उत्प्रेरित गरिरहने उनको भनाइ छ ।
गत वर्ष पोखरामा १२ औं डिष्ट्रिककन्फ्रेन्स भव्यताका साथ सम्पन्न भएको रोटरी इनटरन्यासन्ल ३२९२को यो वर्षको १३ औं कन्फ्रेन्स भने शुक्रबारदेखी आइतबारसम्म विभिन्न कार्यक्रम गरि काठमाडौंमा सञ्चालन भइरहेको छ ।
‘रुपान्तरण’यस १३ औं कन्फ्रेन्सको थिम /भाव रहेको छ । यसका कारणबाट व्यक्ति र समाजमा समारात्मक परिवर्तन ल्याउन सकिने रोटरी क्लब अफ काठमाडौं नर्थका अभ्यक्ष /प्रेसिडेन्ट गौतम प्रसद खनालले बताए ।यस्ता कन्फ्रेन्समा क्लबका प्रोजेक्टहरु गर्दाका अनुभव साटासाट गरिने हुँदा एक क्लबले गरेका राम्रा कामहरुबाट अर्का क्लबलाई प्रेरणा मिल्ने अध्यक्ष खनालको भनाइ छ ।
क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #breaking
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्