Techie IT
शनिबार, वैशाख ६,२०८२

नियमित सेक्स गर्नाले मुटुलाई मजवुत बनाउने , हेर्नुहोस कसरी ?


नियमित रूपमा राखिने यौनसम्पर्कले मुटुलाई मजवुत बनाउने एक अनुसन्धानले देखाएको छ । न्यू इन्ल्यान्ड इन्स्टिच्युटका बैज्ञानिकहरूले गरेको अध्ययनअनुसार मुटु मजवुत बनाउन यौनसम्पर्कको महत्पूर्ण भूमीका रहन्छ । तर यौनसम्पर्क स्वस्थ र सुरक्षित हुनुपर्छ ।

यौनसम्पर्क नराख्ने व्यक्तिमा मुटु रोगको संभावना, सातामा दुईपटक भन्दा बढी यौनसम्पर्क राख्नेमा भन्दा ५५ प्रतिशत बढी हुन्छ । ४० देखि ७० वर्षसम्मका १ हजार पुरूषमा १६ वर्षसम्म गरिएको अध्ययन पछि वैज्ञानिकहरूले यस्तो निष्कर्ष निकालेका हुन् । यदि यौन आवश्यकता समयमै पूरा भएमा शारीरिक रूपमा समेत मानिस स्वस्थ रहने समेत अनुसन्धानले देखाएको छ ।

आफ्नो मायालुसँग विताएको क्षणले पुरूषलाई भावनात्मक रूपमा समेत फाइदा हुनाले चिन्ता, तनाव जस्ता मानसिक रोगबाट मुक्ती मिल्छ । यसको प्रत्यक्ष सम्बन्ध मुटुसँग रहन्छ ।


क्याटेगोरी : जीवनशैली
ट्याग : #यौनसम्पर्कले मुटुलाई मजवुत बनाउने


तपाईको कमेन्ट लेख्नुहोस्


थप समाचार

Kathmandu, NP
19°
Partly Cloudy
5:33 am6:31 pm +0545