बेलकोटगढी नगरपालिकाले स्वयंसेवक शिक्षक राख्ने

त्रिशूली । नुवाकोटको बेलकोटगढी नगरपालिकाले स्वयंसेवक शिक्षक नियुक्त गर्ने भएको छ । चालु आर्थिक वर्षको बजेट विनियोजनको क्रममा शिक्षक दरबन्दी कम भएका तर विद्यार्थी सङ्ख्या बढी भएका विद्यालयको शैक्षिक गुणस्तर सुधारको लागि स्वयंसेवक शिक्षक राख्नका लागि बजेट तर्जुमा गरेसँगै अब नियुक्तिको प्रक्रिया अघि बढाउन लागेको जनाइएको छ ।
बेलकोटगढी नगरपालिकाको शिक्षा, युवा तथा खेलकूद शाखाका प्रमुख बद्रीप्रसाद शर्माका अनुसार चालु आवको लागि कम्तीमा ३० स्वयंसेवक शिक्षक नियुक्त गर्न बजेट सुनिश्चित भइसकेकाले कार्यपालिका बैठकबाट निर्णय गराई भर्ना प्रक्रिया अघि बढाउन लागिएको हो ।
नगरपालिकाले विद्यार्थी सङ्ख्या धेरै भएको तर शिक्षक दरबन्दी कम भएका विद्यालयलाई स्वयंसेवक शिक्षकको व्यवस्था मिलाउन रु ६२ लाख बजेट छुट्टाएको थियो । उक्त बजेटमार्फत कम्तीमा ३० शिक्षक नियुक्त गर्न आवश्यक कानूनी कार्यविधिलगायतका तयारी सम्पन्न भइसकेकाको शाखा प्रमुख शर्माले जानकारी दिनुभयो । “नियुक्त गर्न लागिएका शिक्षकको लागि प्राविलाई रु १५ हजार, निमाविलाई रु २० हजार र मावि तहको लागि रु २५ हजार तलब दिइनेछ”, उहाँले भन्नुभयो, “नियुक्ति पाएकाले एक वर्ष अध्यापन गराए पनि चाडपर्व भत्ताबापत थप एक महिनाको तलबसमेत उपलब्ध गराइने भएकाले १३ महिनाको सुविधा पाउने छन् ।” अहिले नियुक्त भएका शिक्षकको लागि यो आवमा बजेट सुनिश्चित भइसकेको छ भने नियमितरुपमा नगरपालिकाले स्वयंसेवक शिक्षक राख्न थप बजेट नगरपरिषद्मार्फत गरिने नगरप्रमुख राजेन्द्ररमण खनालले जानकारी दिनुभयो ।
नगरपालिकामा हाल १९ माविसहित प्रावि र निमावी (आधारभूत विद्यालय) ३४ गरेर कूल ५३ सामुदायिक विद्यालय छन् ।
भूकम्पको समयमा प्रभावित भएका सामुदायिक विद्यालयको अध्ययन सुधारका लागि अधिकांश विद्यालयमा पुनःनिर्माणअन्तर्गत सुविधासम्पन्न नयाँ भवनको निर्माण गरिएको छ भने बालविकासदेखि कक्षा ५ सम्मका विद्यार्थीलाई दिवा खाजा कार्यक्रम, अङ्ग्रेजी माध्यमबाट अध्यापन, भर्चुअल कक्षा, विद्यालयमा नर्समार्फत विद्यार्थीलाई स्वास्थ्य शिक्षा र हेरचाह, विद्यालयको लागि यातायातको सुविधालगायतको व्यवस्था नगरपालिकाले मिलाइ कोरोनाले प्रभावित भएको शैक्षिक गतिविधिलाई पुरानै लयमा फर्काउन सफल हुँदै गएको छ ।
क्याटेगोरी : स्थानीय
ट्याग : #बेलकोटगढी नगरपालिका
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्