Techie IT
शनिबार, वैशाख ६,२०८२

टोखाको बडुखोला र भण्डारी मूलको पानी छिट्टै नगरबासिका घरघरमा पुग्छ : नगर प्रमुख अधिकारी


सीता पौडेल

काठमाडौं । टोखा नगरपालिकाका नगर प्रमुख प्रकाश अधिकारीले टोखाको बडुखोला र भण्डारी मूलको पानी नगरबासिका घरघरमा छिट्टै पुग्ने बताएका छन् । नगरपालिकाले नगर क्षेत्रभित्रका बासिन्दालाई स्वच्छ खानेपानी पुर्‍याउने लक्ष्यअनुसार वडा नम्बर १ मा रहेको बडुखोला र भण्डारी मूलको पानीलाई नगरबासिका घरघरमा लैजान लागेको बताएको छ ।

 

नगर प्रमुख प्रकाश अधिकारीका अनुसार बडुखोला र भण्डारी मूलको पानीलाई ट्याङ्कीमा जम्मा गरेर घरघर पुर्‍याउन लागिएको हो । यी दुई ठाउँका पानीलाई व्यवस्थित गरेसँगै टोखाका १, २ र ३ नम्बर वडाबासीहरु लाभान्वित हुने उनको भनाई छ ।

नगरपालिकाले उक्त पानीलाई तारकेश्वर नगरमा समेत लैजानका लागि सर्भेक्षण कार्य शुरु गरेको बताएको छ ।

यी दुइ नगरपालिकाका दक्षिणी क्षेत्रका बासिन्दालाई भने मेलम्ची खानेपानी आयोजनाबाट पानी वितरण गरिने र यसका लागि पाइपलाइन खन्ने काम भइरहेको  नगर प्रमुख प्रकाश अधिकारीले बताए ।


क्याटेगोरी : स्थानीय
ट्याग : ##प्रकाश अधिकारीले, ##बडुखोला र भण्डारी मूलको पानी


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Fair
5:32 am6:32 pm +0545