Techie IT
आईतबार, वैशाख ७,२०८२

राप्रपाका केन्द्रीय सदस्य पाण्डे एमालेमा प्रवेश


काठमाडौं, १८ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का केन्द्रीय सदस्य कृष्णप्रसाद पाण्डे एमालेमा प्रवेश गरेका छन् ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा उप–प्रधान एवम् एमालेका महासचिव ईश्वर पोखरेलले पाण्डेलाई एमालेमा प्रवेश गराएका हुन् ।

पार्टी प्रवेश कार्यक्रममा कर्णाली एमालेका अगुवा नेताहरूको उपस्थितिरहेको थियो ।

नवप्रवेशी राप्रपाका केन्द्रीय सदस्य पाण्डेले कमल थापा र उनको समूहले जनतालाई झुक्काएको आरोप लगाए । उनले राप्रपामा रहेर केही पनि गर्न नसकिने भएपछि एमालेमा प्रवेश गरेको बताएका छन् ।

उप–प्रधान एवम् एमालेका महासचिव पोखरेलले नवप्रवेशी पाण्डेललाई ईमान्दार भएर पार्टीमा काम गर्न निर्देशन दिए । पोखरेलले क्षमताका आधारमा एमालेले पाण्डेलाई जिम्मेवारी दिने आश्वासन दिएका छन् ।


क्याटेगोरी : राजनीति
ट्याग : #एमालेमा प्रवेश


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
27°
Fair
5:32 am6:32 pm +0545