तीन राउन्ड गोली सहित रत्ननगरका तीन जना पक्राउ

चितवन । चितवन प्रहरीले बन्दुकमा लाग्ने तीन राउण्ड गोली सहित तीन जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज (आइतबार) दिउँसो भरतपुर महानगरपालिका वडा नम्बर ११ भोजाडबाट बन्दुकमा लाग्ने तीन राउन्ड गोली सहित रत्ननगर नगरपालिका १२ बस्ने निर्मल बुढा मगर, सुलर्भ तामाङ र रत्ननगर नगरपालिका १६ बस्ने इशान लम्साललाइ पक्राउ गरेको हो ।
होली पर्वका क्रम्मा सम्भावित दुर्घटना हुन नदिन चितवन प्रहरीले आज (आइतबार) जिल्लाभरको सुरक्षाको ब्यवस्था कडा बनाएको थियो । यसैक्रम्मा , भोजाडबाट खटिएको प्रहरीको टोलीले शंकास्पद रूपमा आइरहेको मोटरसाइकललाइ रोकेर चेकजाँच गर्ने क्रम्मा चालकले बोकेको झोलाको चश्मा राख्ने ब्यागबाट गोली सहित उनीहरुलाइ नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरू माथि जिल्ला प्रहरी कार्यालय चितवनले हातहतियार खरखजना सम्बन्धि मुद्दामा अनुसन्धान गरिरहेको चितवन प्रहरीले जनाएको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्