Techie IT
शनिबार, वैशाख ६,२०८२

बोंडेश्वर झरनामा मकै , भटमास र गुन्द्रुक सहित साहित्यिक कार्यक्रम हुने


काठमाडौं । टोखा वडा नं. १ स्थित झोरमा रहेको बोंडेश्वर झरनामा नयाँ वर्षको अवसरमा गुन्द्रुक, मकै र भटमास साहित्यिक कार्यक्रम हुने भएको छ । शिवपुरी सन्देश तथा साहित्य समाजको बैठकले बैशाख ११ गते गुन्द्रुक, मकै र भटमास साहित्यिक कार्यक्रम गर्ने निर्णय गरेको हो ।

बैठकले गुन्द्रुक, मकै र भटमास वार्षिकोत्सव तथा २०७६ र २०७७ का श्रष्ठा सम्मान कार्यक्रम पनि गर्ने निर्णय गरेको छ । वरिष्ठ साहित्यिकार तथा पत्रकार रोजक घिमिरेको प्रमुख आतिथ्यमा हुने कार्यक्रममा विष्णुपुष्पा साहित्यिक पत्रकारिता सम्मान गोर्खे साँहिलो चितवन २०७६, निबन्ध आचार्य २०७७ र शिवपुरी गजल सम्मान प्रकाश घायल २०७६ र रावत २०७७ प्रदान गरिनेछ ।

कार्यक्रममा नरबहादुर भारती सम्मान डा. धनप्रसाद सुवेदी २०७६, उन्नती बोहरा शिला २०७७, मानशोभा प्रतिभा सम्मान कवि राधा आचार्य २०७६ र डा. भिष्मकुमार भुषाललाई सम्मान गरिने शिवपुरी सन्देश तथा साहित्य समाजका श्रष्ठा माधव बिडारीले जानकारी दिनुभयो ।


क्याटेगोरी : स्थानीय
ट्याग : #बोंडेश्वर झरना


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Fair
5:32 am6:32 pm +0545