Techie IT
शनिबार, वैशाख ६,२०८२

विद्यार्थीलाइ यौन दुब्यवहार गर्ने शिक्षकलाइ प्रहरीकै अगाडि कालोमोसो, तीन दिनदेखि पठनपाठन ठप्प


चितवन । चितवनमा आफैंले पढाउने शिक्षकले नै विद्यार्थीलाइ यौनदुब्यवहार गर्ने गरेको घट्ना सार्वजनिक हुँदै गएको छ ।

पुर्वी चितवनको रत्ननगरमा रहेको क्रिष्टल कलेजमा अध्ययनरत विद्यार्थीहरुमाथि आफ्नै शिक्षकद्वय हरी प्रसाद न्यौपाने र गोकुल पराजुलीले अश्लील म्यासेज पठाउने गरेको घट्ना सार्वजनिक भएको दुइ साता बित्न नपाउँदै पुनः चितवनमा नै विद्यार्थीलाइ यौनदुब्यवहार गर्ने शिक्षकलाइ विद्यार्थीहरुले कालोमोसो दलेका छन् ।

नारायणगढमा रहेको बालकुमारी माध्यामिक विद्यालयका शिक्षक शशीधर गैरे शर्माले आफुहरुलाइ यौन दुर्व्यवहार गरेको भन्दै कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरुले कालोमोसो दलेका हुन् । उनीहरुले प्रहरीकै अगाडि गैरेलाइ कालोमोसो दलेका थिए ।

छात्राहरुलाई पटक-पटक यौनदुर्व्यवहार गर्ने गरेको र विद्यालय व्यवस्थापन, शिक्षक सहितको बैठकमा माफी माग्न भन्दा पनि नमानेपछि उनलाइ कालोमोसो दल्न बाध्य भएको विद्यार्थीहरुले बताएका छन् ।

यता, विद्यालय प्रधानाध्यापक नारायणबहादुर थापाले भने शिक्षक र बिद्यालयको बचाउ गर्दै आएका छन् । उनलेे विद्यार्थीको माग सुनुवाइ गर्नुको सट्टा उल्टो पीडक शिक्षकको बचाउ गर्दै बिद्यालयमा ३ दिनदेखि पठनपाठन नै ठप्प पारेका छन् ।

विद्यालयले हिजो(बिहीबार) एक प्रेस बिज्ञप्ती जारी गर्दै शिक्षक गैरेमाथि भएको अमानवीय व्यवहारको भत्र्सना गर्दै विद्यालयमा शान्तिपूर्ण तवरले पठनपाठनको वातावारण नभएसम्मका लागी विद्यालय बन्द गरिएको सूचना जारी गरेको थियो ।


क्याटेगोरी : अपराध/सुरक्षा, विशेष, देश परदेश, समाचार, स्थानीय


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Partly Cloudy
5:33 am6:31 pm +0545