चलचित्र ‘सम्हालिन्छ कहिले मन’ को रिलिज मिति सार्वजनिक

काठमाडौ-एबी इन्टरनेशनल व्यानरमा निर्माण भएको चलचित्र‘ सम्हालिन्छ कहिले मनको रिलिज मिति सार्वजनिक गरिएको छ। छायांकन सकिएसंगै निर्माण कम्पनीले २०७८ भदौ १८ गते तिजको अवसर पारेर चलचित्र प्रदर्शन गर्ने भएको छ।
पूजा शर्मा, आकाश श्रेष्ठ र सोनम तोप्देन अभिनित चलचित्र ‘सम्हालिन्छ कहिले मन निर्माणको लामो समयसम्म कोरोना भाइरसका कारण रिलिज हुन नसकेको सिनेमा २०७८ भदौ १८ मा कन्फर्म रिलिज हुने अजित कुमार थापा जानकारी दिएका छन्।
सुदर्शन थापाको निर्देशनमा बनेको सिनेमामा पूजा, आकाश र सोनमसँगै सरोज खनाल, गौरी मल्ल, धिरेन शाक्यलगायतका कलाकारहरुको अभिनय रहेको छ।
लण्डन, स्कटल्याण्ड र वेल्स,दुबई लगाएत ठाँउमा छायांकन गरिएको यो चलचित्रमा त्रिकोणात्मक प्रेमकथामा आधारित रहेको छ । निर्मातामा अजितकुमारसँगै अमित बस्नेत छन् । अंकित गौतम र सनिष खकुरेल कार्यकारी निर्माता रहेको सिनेमामा परि राना सहनिर्माता छन् ।
सिनेमामा महेश दवाडीको कथा, अर्जुन पोखरेल, सुगम पोखरेल र ताराप्रकाश लिम्बुको संगीत, सौरभ लामाको छायांकन, कविराज गहतराजको कोरियोग्राफी छ ।
यस चलचित्रको निर्माण एबी इन्टरनेशनल ब्यानरमा भएको हो । एबी इन्टरनेशनले केही बर्ष अगाडि पासवर्ड नामक चलचित्र निर्माण गरेको थियो। चलचित्र समालिन्छ कहिले मन नेपाली सिनेमा इतिहासमा अहिलेसम्म कै महँगो र फरक चलचित्र भएको निर्माण पक्षको दाबी छ ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्