राजनीति अदालतलाई हेरेर गर्ने होईन ः ढुङ्गेल
ढुङ्गेल

काठमाडौं। नेकपा एमालेका केन्द्रिय सदस्य एवं राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष माधव ढुङ्गेलले अदालतको फैसलामा टेकेर अगाडि वढ्नु पर्छ तर राजनीति नै अदालतलाई हेरेर गर्ने होईन भन्ने बताएका छन।
ढुङ्गेलले आफ्नो फेसबुक पेजमा विचार प्रकट गर्दै एमाले पार्टीभित्र पछिल्लो समय नेकपाको आन्तरिक संघर्षको दौरानमा गरिएका जनप्रदर्सन र संगठन निर्माणको अभियानले एउटा पार्टी निर्माण भैसकेको अवस्थामा अदालतको पछिल्लो फैसलाले नेकपा एमाले व्युतिए पछि अन्तर संघर्षले नयाँ मोड लिएको हो । एउटा गम्भीर प्रश्न- वनाईएका संगठनको विचल्लि वनाएर नेतृत्वले पन्छिन पनि त मिल्दैन ।
अदालतको फैसलामा टेकेर अगाडि वढ्नु पर्छ तर राजनीति नै अदालतलाई हेरेर गर्ने होईन । आरोप, प्रत्यारोप र अविस्वासको जगमा खडा भएको आन्तरीक विवादलाई निरुपण गर्न विस्वासको वातावरण निर्माण गर्न जरुरी छ । चियापान, सर्वदलीय वैठक यसको वातावरण निर्माण गर्न गरिएका प्रारम्भिक प्रयत्नहरु हुन ।
नेतृत्वले आयोजना गरेका यस्ता कार्यक्रम वहिस्कार गरेर समानान्तर भेलावाट पार्टी एकता मजवुद हुन्छ र भनेर आफ्नो नेत्रित्वलाइ प्रश्न समेत गरेका हुन।
ढुङ्गेलले पार्टी मिलाउनु पर्छ तर त्यो भन्दा पहिला मेलमिलापको धरातल बलियो वनाउनु पर्छ भनेर आग्रह गरेका हुन ।
क्याटेगोरी : ब्रेकिंग न्युज, राजनीति, विशेष, समाचार
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्