Techie IT
आईतबार, वैशाख ७,२०८२

राष्ट्रिय शिक्षा नीतिलाई सातै प्रदेशमा छलफल गर्ने कांग्रेसको निर्णय


काठमाडौं । नेपाली कांग्रेसले ‘राष्ट्रिय शिक्षा नीति’लाई सातै प्रदेशमा छलफल गर्ने निर्णय गरेको छ । कांग्रेस शिक्षा विभागका प्रमुख एवं कांग्रेस केन्द्रीय सदस्य हरिप्रसाद नेपालको संयोजकत्वमा सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले राष्ट्रिय शिक्षा नीतिलाई देशभर छलफल गर्ने निर्णय गरेको हो ।

कांग्रेस शिक्षा विभागले तयार पारेको ‘राष्ट्रिय शिक्षा नीति’लाई सातै प्रदेशमा छलफल गर्नका लागि कांग्रेसले संयोजक समेत तोकेको छ । विभागले प्रदेश नं १ मा गोकर्ण बानियाँ, प्रदेश नं २ मा रघुसिं थारू, वाग्तमी प्रदेशमा दीपेन्द्र सिंजापति, गण्डकी प्रदेशमा चिनु रानाभाट, लुम्बिनी प्रदेशमा राधेश्याम पाठक, कर्णाली प्रदेशमा डा .महेन्द्रकुमार मल्ल र सुदूरपश्चिम प्रदेशमा सुरेशराज जोशीलाई संयोजक तोकेको छ ।

तोकिएका संयोजकहरुले सातवटै प्रदेशमा व्यापक छलफल गरी सुझाव सङ्कलन गर्ने निर्णय गरेको शिक्षा विभागले जनाएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : ##राष्ट्रिय शिक्षा नीति #छलफल, #breaking, #नेपाली कांग्रेस


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
21°
Mist
5:32 am6:32 pm +0545