Techie IT
आईतबार, वैशाख ७,२०८२

वार्तापछि मन अमिलो पादै निस्किए माधव कुमार नेपाल यथास्थितिमै रहने धारणा व्यक्त


सीता पौडेल ,काठमाडौं। वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली समूहसँगको वार्ताको सुरुवात राम्रो भएको तर वार्ताको अन्त्य टर्राे भएकोले मन अमिलो भएको भाव व्यक्त गरेका छन् ।

सोमबार पार्टी कार्यालय धुम्बाराहीमा एमालेका दुई  समूहका शीर्ष नेताहरुबीच वार्ता भएको थियो ।।सोही वार्तापश्चात उनले यस्तो भाव व्यक्त गरेका हुन ।

ओलीसँगको वार्तापछि पत्रकारहरुसँग प्रतिक्रिया दिदैं नेता नेपालले भने, ‘सुरुवातमा राम्रो कुरा भयो । छुट्टिने बेलामा टर्रो कुरा भयो । यथास्थानमा रहने स्थिति बन्यो ।

२८ गते अध्यक्ष ओलीले आफ्नो समूह राखेर गरेको निर्णय खारेज गर्नु हाम्रो थप माग हो । त्यसैमा कुरा मिलेन । ’ उनले थपे ।

 

सर्वोच्च अदालतले गरेको फैसलाअनुसार पार्टीको संरचना, पादधिकारी र सदस्य जुन अवस्थामा थियो, त्यसलाई स्वीकार गरेर अगाडि बढ्नुपर्ने नेपाल पक्षको भनाइ छ ।


क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : ##माधव कुमार नेपाल, #breaking


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
21°
Mist
5:32 am6:32 pm +0545