Techie IT
शनिबार, वैशाख ६,२०८२

चितवनका प्रहरी प्रमुख (एसपी) अधिकारीको एक महिना : नौ वटा उपलब्धिमुलक काम हुँदा १७ प्रहरी गतिविधि


चितवन । चितवनको प्रहरी प्रमुखका रूपमा (एसपी) ओम प्रसाद अधिकारीले जिम्मेवारी सम्हालिरहेका छन् । गत, फागुन २ गते जुनियर प्रहरी शिक्षालय तालिम केन्द्र भरतपुरबाट जिल्ला प्रहरी कार्यालय चितवन सरुवा भइ आएका (एसपी) अधिकारीले शान्तिसुरक्षा नियन्त्रणमा कसैसँग सौदाबाजी गरेका छैनन् ।

एसपी ओम प्रसाद अधिकारी

उनलेे जिम्मेवारी सम्हालेको एक महिनाको यो अवधीमा उनी र उनका मातहतका प्रहरी कर्मचारीहरु शान्तिसुरक्षा नियन्त्रण तथा अपराध गतिविधि न्यूनीकरणमा ओहोरात्र खटिरहेका छन् ।

नागरिकका गुनासो सुन्ने तथा सुक्ष्म तवरले त्यस्को अनुसन्धान गर्ने एउटा सफल अनुसन्धानकर्मीको रूपमा समेत चिनिने (एसपी) अधिकारीले यो एक महिनाको अवधीमा नौ वटा उल्लेखनीय कार्य गरेका छन् भने, चार वटा सफल अनुसन्धान समेत गरेको छ । त्यस्तै, १७ वटा मात्रै प्रहरी गतिविधि कार्यक्रमहरु नै भएका छन् । जसले स्थानीय जनमानसमा समेत उनलेे छोटो समयमा नै राम्रो छाप छोडेका छन् ।

समाजमा घट्ने विभिन्न घट्नाहरुको सुक्ष्म अनुसन्धान, दोषीलाई कार्वाही र पीडितलाइ न्याय प्रदान गर्दै अपराधरहित समाजको निर्माण गर्ने उद्देश्यले चितवन प्रहरीले गरेका केही ठुला उल्लेखनीय कार्यहरुको “साझापाना” ले लिपिबद्व गर्ने प्रयास गरेको छ ।

                  अपराध समाचार 

१. हत्यामा संलग्न चार जना पक्राउ
चितवनमा प्रहरीको सक्रियताले फागुन महिनामा मात्रै दुइ जनाको हत्यामा संलग्न ४ जना पक्राउ परेका छन् । भरतपुर महानगरपालिका वर्डा नम्बर ९ की ७४ वर्षीया बाबाहजुर थापाको हत्यामा संलग्न रहेको आरोपमा चितवन प्रहरीले मकवानपुर थाहा नगरपालिका वर्ड्डा नम्बर ८ घर भएकी ३५ वर्षीया “सविना सुनार” भनिने शोभा विक र लम्जुङ मर्स्याङ्दी गाउँपालिका वडा नंम्बर ५ स्थायी घर भई भरतपुर महानगरपालिका वडा नंम्बर १ स्थित नारायणगढ बजारमा डेरा गरी बस्ने ४८ बर्षीया गोपाल गुरुङको हत्यामा संलग्न गैंडाकोट नगरपालिका वडा नंम्बर २ बस्ने ४२ बर्षीया संजय गजुरेल, भरतपुर महानगरपालिका वडा नंम्बर २७ घर भई भरतपुरमै डेरा गरी बस्ने २५ बर्षीया बिक्रम महतो र कालिका नगरपालिका वडा नंम्बर ७ जुटपानी घर भई नारायणगढ बजारमा बस्दै आएका ३० बर्षीया राम बहादुर परियारलाइ पक्राउ गर्न सफल भएको हो ।

बिकलाई लामो समयको अनुसन्धानपछि गत, फागुन २ गते पक्राउ गरेको थियो । पछि अनुसन्धानका क्रममा उनी पटके चोरीमा समेत संलग्न हुँदै आएको देखिन्छ । पक्राउ परेकी बिकले गत, असोज ७ गते मृतक वृद्धाको घरमा पुगेर मोबाइल र गरगहना लुटपाट गरी हत्या गरेकी थिइन् ।

हत्यामा संलग्न भनिएकी “बिक” (बीचमा) र सार्वजनिक गर्दै प्रहरी  

त्यस्तै, फागुन १० गते बिहान साँढे सात बजे भरतपुर महानगरपालिका वडा नंम्बर ३ मा मृत फेला परेका गोपाल गुरुङको बिषयमा समेत गोप्य रूपमा बिभिन्न प्रबिधीहरु अपनाई अनुसन्धान गर्दै जाँदा तीन जनालाई पक्राउ गर्न चितवन प्रहरी सफल भएको छ ।

हामीले घटनास्थलको प्रकृती तथा पोष्टमार्टम परीक्षण रिपोर्ट प्रतिवेदन हेर्दा कोही कसैले कुटपीट गरी हत्या गरेको हुन सक्ने प्रारम्भिक अनुसन्धानबाट देख्यौं, चितवन प्रहरीका प्रमुख (एसपी) ओम प्रसाद अधिकारीले भने, त्यसलगत्तै थप गम्भीर भएर अनुसन्धान सुरु गरेपछि घट्नामा संलग्न रहेका निजहरु लाइ यहीँ फागुन २२ गते भरतपुर महानगरपालिका ३ बाटै पक्राउ गर्न सफल भएका हौं ।

प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा फागुन ९ गते राती भरतपुर महानगर ३ मा रहेको जानकी गेष्‍ट हाउसको कोठा नंम्बर ११२ मा गुरुङको कर्तव्य गरी मारी हत्या गरिएको र सोही ठाउँको नगरवनस्थित सडक छेउमा लगी फालेको देखिन आएको समेत उनलेे बताए ।

गोपाल गुुुुरुङको हत्यामा संलग्नहरु

उनीहरुको साथबाट प्रहरीले मृतकले प्रयोग गर्ने एक थान मोबाईल, मृतकको झोला एक थान, मृतकको सर्ट ३ थान, हाफ पाईन्ट दुइ थान, टिसर्ट एक थान र शवलाइ व्यवस्थापन गर्न प्रयोग भएको ना २ ह १२४० नंम्बरको अटो एक थान समेत बरामद गरेको जनाएको छ । पक्राउ परेका तीनै जना उपर सम्मानित चितवन जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी मुलुकी अपराध संहिता २०७४ को परिच्छेद १२ मा रहेको ज्यान सम्बन्धि कसूर अन्तर्गत दफा १७७ अनुसार थप अनुसन्धान गर्ने कार्य भईरहेको चितवन प्रहरीले जनाएको छ ।

२. लागूऔषध तथा गाँजा सहित ९ जना पक्राउ
चितवन प्रहरीले बितेको एक महिनाको अवधीमा जिल्लाको विभिन्न स्थानहरूबाट अवैध लागूऔषध (गाँजा) सहित ९ जनालाई पक्राउ गर्न सफल भएको छ । फागुन महिनामा जिल्ला प्रहरी कार्यालय चितवन र त्यस मातहतबाट खटिएको प्रहरीको विशेष टोलीले अवैध लागूऔषध गाँजा सहित ९ जनालाइ पक्राउ गर्न सफल भएको हो ।

प्रहरीले गत, फागुन ५ गते बिहान ११ बजे भरतपुर महानगरपालिका वडा नंम्बर १७ स्थित गाँजीपुरबाट लागूऔषध (खैरो हिरोईन जस्तो देखिने धुलो पदार्थ) २ ग्राम ८७० मिलिग्राम सहित सोही ठाउँ बस्ने बर्ष २७ को धिरज लामा र फागुन ६ गते दिउँसो ३ बजे भरतपुर महानगरपालिका वडा नंम्बर १० ज्ञानदर्शन चोकबाट लागूऔषध (खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ) १ ग्राम ५७ मिलिग्राम सहित भरतपुर १७ बस्ने बर्ष ३० का गोबिन्द राउतलाइ पक्राउ गर्न सफल भएको थियो ।

त्यस्तै, फागुन १० गते मुग्लिङ प्रहरीले अन्दाजी दुइ किलो ८०० ग्राम लागूऔषध गाँजासहित दुइ जना लाई पक्राउ गरेको छ । ईच्छाकामना गाउँपालिका वडा नंम्बर ४ कुरिनटारबाट लागूऔषध गाँजासहित कास्की लेखनाथ महानगरपालिका वडा नंम्बर १७ बस्ने उत्तम मगर र अमृत गुरुङलाई पक्राउ गरेको हो ।

पक्राउ परेका मध्य मगरको साथबाट रातो, पहेंलो रङको झोलाभित्र हरियो प्लाष्टिकमा अन्दाजी एक किलो पाँच सय ग्राम, सहित कालो रङको ओप्पो मोवाईल एक थान र गुरुङको साथबाट कालो झोलाभित्र चामलको बोरा भित्र दुई वटा निलो प्लाष्टिकमा छुट्टाछुट्टै पोको पारी ल्याएको अवस्थामा लागूऔषध गाँजा अंन्दाजी एक किलो ३०० ग्राम सहित हुवाइ मोबाइल एक थान समेत बरामद गरेको छ ।

त्यस्तै, प्रहरीको नियमित गस्ती टोलीले लागूऔषध सहित २ जनालाई पक्राउ गरेको छ । भरतपुर महानगरपालिका ११ स्थित प्रगतिपथबाट लागूऔषधसहित भरतपुर महानगरपालिका १२ का ३७ वर्षीय राजकुमार थापा र भरतपुर महानगरपालिका १३ का २२ वर्षीय सुनिल विकलाइ पक्राउ गरेको हो ।

थापा शंकास्पद रुपमा साइकलमा सवार रहेका थिए । उनको साथबाट प्रहरीले डाइजेपाम ११ थान, नुरफिन ११ थान र फेनारगन ११ थान बरामद गरेको थियो भने, अर्का विकलाई गोप्य सूचनाको आधारमा भरतपुर महानगरपालिका १ स्थित पुलचोकबाट पोखरा बसपार्क जाने सडकको पेटीमा शंकास्पद रुपमा हिँडिरहेको अवस्थामा शरीर खानतलासी गर्दा फेनारगन ८४, डाइजेपाम ८४ र नुरफिन ८४ गरी जम्मा २५२ एम्पुल लागूऔषध बरामद गरेको थियो ।

त्यस्तै, भरतपुर महानगरपालिका ११ जखेडीमाई मन्दिरस्थित प्रहरी विट गणेशस्थानबाट खटिएको प्रहरीको गस्ती टोलीले फागुन २० गते (बिहीबार) साँझ अन्दाजी ६ बजेको समयमा अवैध गाँजा सहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भरतपुर महानगरपालिका २ बेलटाँडी बस्ने वर्ष २१ को श्याम थापा क्षेत्री र सोही ठाउँ बस्ने वर्ष ३२ को टेकेन्द्र राजबंशी, ईच्छाकामना गाउँपालिका ७ बस्ने बर्ष ३२ को भिमराज गुरुङ रहेका छन् ।

सिमलढापबाट भोजाडतर्फ आउँदै गरेको बागमती प्रदेश ०३-००१ प १९२ नम्बरको मोटरसाइकल र ना ५४ प ३६०८ नम्बरको मोटरसाइकललाई रोकेर चेकजाँच गर्ने क्रममा प्रहरीले उनीहरुलाइ पक्राउ गरेको हो ।

३. पहिलोपटक अफिमका बोटहरू नष्ट
त्यस्तै, जिल्ला प्रहरी कार्यालय चितवन र ईलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको प्रहरीको टोलीले फागुन १० गते राप्ती नगरपालिकाको वडा नंम्बर १० का विभिन्न क्षेत्रहरुमा एलआरपी (पैदल गस्ती) खटिएको टोलीले राप्ती नगरपालिका वडा नंम्बर १० स्थित किरनटार, ओनिबाङ, थामटार र समिटार लगायत स्थानमा पैदलगस्ती गर्ने क्रममा किरनटार नजिकै जंगलको खोला किनारमा अवैधरूपमा अन्दाजी (पन्ध्र) कठ्ठामा लगाइएको अफिमका बोटहरू नष्ट गरेको छ ।

४. बिना ईजाजतका औषधी ओसारपसार गर्ने पक्राउ

चितवन प्रहरीको मातहतमा रहेको वर्डा प्रहरी कार्यालय नारायणगढले बिना ईजाजतका औषधीहरु ओसारपसार गर्ने तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा भरतपुर महानगरपालिका वडा नंम्बर ३ बस्ने बर्ष ३० को दिनेश तामाङ, भरतपुर महानगरपालिका वडा नंम्बर ३ बस्ने बर्ष २२ को प्रदिप विश्वमकर्मा र भरतपुर महानगरपालिका वडा नंम्बर २ बस्ने बर्ष १८ को समिर तामाङ रहेका छन् ।

लागूपदार्थको रूपमा प्रयोग गराउने उद्देश्यका साथ बिना ईजाजतका औषधीहरू बिक्रीबितरण गर्ने गरेको भन्ने विशेष सुराकीको आधारमा वडा प्रहरी कार्यालय नारायणगढबाट खटिएको प्रहरीको टोलीले उनीहरुलाइ फागुन ७ गते पक्राउ गरेको हो ।

पक्राउ परेका मध्य भरतपुर महानगरपालिका वडा नंम्बर ३ कमलनगर बस्ने दिनेश तामाङको डेरा कोठामा खानतलासी गर्दा ट्रमा ११६३ ट्याब्लेट, अनार्गन २५ लेखिएको ४३६ ट्याब्लेट, स्टागन ४४० ट्याब्लेट सहित पक्राउ गरेको हो । त्यस्तै, तामाङकै कोठामा रहेका समिर तामाङको साथबाट प्रहरीले पाँच हजार ३२५ रुपैयाँ नगदसहित मोबाईल एक थान र प्रदिप विश्वकर्माको साथबाट एक लाख २९ हजार ८२२ रुपैयाँ नगद, मोबाईल एक थान समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रारम्भिक अनुसन्धानको क्रम्मा प्रदिप विश्वकर्माले भरतपुर महानगरपालिका वडा नंम्बर ३ मा रहेको आफ्नो कोठामा समेत बिभिन्न औषधीहरू लुकाई राखेको भन्ने बयान दिएपछि उनको कोठामा समेत खानतलासी गर्दा ट्रमा ८७८० ट्याब्लेट, स्टागन ८०० ट्याब्लेट र एघार हजार रुपैयाँ नगद समेत बरामद गर्न सफल भएको चितवनका प्रहरी प्रमुख (एसपी) अधिकारीले जानकारी दिए ।

पक्राउ परेकाहरुमाथि थप आवश्यक कार्वाहीका लागी औषधी, नगद सहित औषधी व्यवस्था बिभाग शाखा कार्यालय पर्सामा पठाइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

५. ठक्कर दिएर फरार ट्रक आठ दिनपछि पक्राउ
पैदलयात्रीलाइ ठक्कर दिएर फरार रहेको ट्रक र त्यसका चालकलाई चितवन प्रहरीले आठ दिनपछि पक्राउ गर्न सफल भएको छ । गत, फागुन ९ गते बिहान साँढे तीन बजे खैरहनी नगरपालिका वडा नंम्बर १ मा कालिका नगरपालिका वडा नंम्बर ३ पदमपुर बस्ने ४० बर्षिया (पैदलयात्री) कुल बहादुर मोक्तानलाई ठक्कर दिएको थियो ।

ट्रकको ठक्करबाट मोक्तानको घट्नास्थलमै मृत्यु भएपछि फरार रहेका ना ६ ख २९०९ नंम्बरको ट्रक र त्यसका चालक राप्ती नगरपालिका वडा नंम्बर १ बस्ने ३० बर्षिया गणेश बहादुर तामाङलाई चितवन प्रहरीले खैरहनी नगरपालिका ८ पर्सा बजारबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख (एसपी) ओम प्रसाद अधिकारीले जानकारी दिए । पक्राउ परेका तामाङले दुर्घटना गराएको स्वीकार गरेसंगै उनलाई सम्मानित चितवन जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान गर्ने कार्य भईरहेको जनाइएको छ ।

६. प्रहरीलाई घुस दिने दुइ जना पक्राउ
ड्युटीमा खटिएका प्रहरीलाई नै घुस दिन खोज्ने दुुइ जनालाई चितवन प्रहरीले पक्राउ गरेको छ । फागुन महिनामा चितवन प्रहरीलाई घुस दिन खोज्ने तथा सवारीसाधनसँग पैसा मागेर प्रहरीलाई नै दुब्यवहार गर्ने दुुइ जनालाई पक्राउ गरेको हो ।

भरतपुर महानगरपालिका ३ पुल्चोकस्थित ड्युटीमा खटिएका प्रहरी हवल्दार हरी बहादुर घर्ती मगरलाइ सवारी चेकजाँचका क्रममा एक सय रुपैयाँ घुस दिन खोज्ने नवलपुर बुलिङटार गाउँपालिका २ देउराली बस्ने ३२ बर्षीया भरत लुंगेली मगर र भरतपुर महानगरपालिका वडा नंम्बर ३ स्थित ओरालो सडकमा शंकास्पद अवस्थामा चलाईरहेका ना ५ ख ३१०२ नंम्बरको ट्रकलाइ ड्युटीमा खटिएका प्रहरीले रोकी कागजपत्र चेकजाँच गर्न खोज्दा एक हजार रुपैयाँ घुस दिन खोज्ने बर्दिया राजापुर नगरपालिका वडा नंम्बर १ बस्ने ३० बर्षीया प्रकाश थारूलाइ पक्राउ गरेको हो ।

सवारी दर्ता किताबभित्र एक हजार रुपैयाँ घुस दिन खोज्ने दुबैलाई नियन्त्रणमा लिइ थप अनुसन्धान गर्ने कार्य भईरहेको चितवन प्रहरीले जनाएको छ । पछिल्लो पटक चितवन प्रहरीले घुस लिने प्रहरीलाई कार्वाही मात्रै नभइ घुस दिन खोज्ने सवारी चालकलाई समेत कार्वाहीको दायरामा ल्याएको छ ।

७. आठ जना बिचौलिया पक्राउ

सवारी साधनबाट पैसा लिने तथा ड्युटीमा खटिएका प्रहरीलाई दुर्ब्यबहार गर्ने आठ जना बिचौलियालाइ समेत प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा नवलपुरको गैंडाकोट नगरपालिका २ बस्ने ३२ बर्षिया सुजन शाही, कावासोती नगरपालिका १४ बस्ने २८ बर्षिया राज कुमार श्रेष्ठ, लम्जुङ बेशीशहर नगरपालिका ८ बस्ने २२ बर्षका अमृत परियार, कास्की पोखर महानगरपालिका वर्डा नम्बर २६ बस्ने २५ बर्षका निशान तामाङ, भरतपुर महानगर १० बस्ने बर्ष ४० बर्षका वसन्त राना मगर, सोही ठाउँको वर्डा नम्बर १२ बस्ने ४२ बर्षका सुजन थापा मगर, वर्डा नम्बर ११ बस्ने बर्ष ३२ बर्षका दिलिप अधिकारी र भरतपुर महानगर ४ बस्ने २५ बर्षका रोशन खत्री रहेका छन् ।

उनीहरुलाइ छुट्टाछुट्टै मितिमा प्रहरीले पक्राउ गरेको हो । उनीहरु माथि भरतपुर महानगरपालिका वडा नम्बर ३ पुल्चोकमा यात्रुहरुलाई तानातान गर्ने, यात्रुहरुसंँग जथाभावी भाडा माग गर्ने, अनावश्यक रुपमा सवारीसाधन रोक्न लगाई सवारी आवागमनमा वाधा पुर्‍याउने जस्ता क्रियाकलाप गरी यात्रु तथा सवारी साधनलाई अनावश्यक दु:ख तथा हैरानी दिने र ड्युटीमा खटिएका प्रहरीलाई समेत पटकपटक अवरोध सिर्जना गर्ने गरेको आरोपमा प्रहरीले पक्राउ गरी आवश्यक कार्वाही प्रक्रियालाई अगाडि बढाइएको चितवन प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरुमाथि सम्मानित जिल्ला अदालतबाट सात दिनको म्याद अनुमति लिई थप अनुसन्धान गर्ने कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख (एसपी) ओम प्रसाद अधिकारीले जानकारी दिए । पछिल्लोपटक चितवन प्रहरीले जिल्लामा हुने बिचौलिया गतिविधिलाइ निष्तेज पार्न विशेष प्राथमिकताका साथ रणनीति सुरु गरेको छ ।

उनीहरुले हामीले काठमाण्डौं जाने मान्छे तपाईंको गाडीमा राखीदिन्छौं केही पैसा ट्राफिक प्रहरीलाई दिनुपर्छ, केही कमिसन हामी पनि राख्छौं भनी पैसा उठाउने र ड्युटीमा खटिएको प्रहरीलाई अपशब्द प्रयोग गरी कामकाजमा अवरोध सिर्जना गर्ने गरेको प्रहरीको भनाइ छ ।

८. रत्ननगर र गितानगरबाट १२ जना जुवाडे पक्राउ

चितवनमा जुवा खेल्ने र खेलाउने ९ जना पक्राउ परेका छन् । भरतपुर महानगरपालिका वर्डा नम्बर १४ स्थित दिलीप दराईको घरमा जुवा खेल्ने ९ जनालाइ ईलाका प्रहरी कार्यालय गितानगरबाट खटिएको प्रहरीको टोलीले पक्राउ गरेको हो ।

स्थानीय ३५ वर्षीय दराईको घरमा जुवा खेल भइरहेको छ भन्ने विशेष सुराकीको आधारमा गितानगरबाट खटिएको प्रहरीको टोलीले उनीहरुलाइ नगद ३७ हजार ५ सय ४० रुपैँया सहित पक्राउ गरेको जनाएको छ ।

त्यस्तै, पूर्वी चितवनको रत्ननगरमा एक लाख चौध हजार चार सय पचास रुपैयाँ सहित कौडा खेल्ने ३ जना पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय रत्ननगरको जुवातास नियन्त्रण अभियान अन्तर्गत रत्ननगर प्रहरीले रत्ननगर १६ खैरेटी स्थित राम बहादुर मगरको घरबाट १६ थान कौडा सहित ३ जनालाई पक्राउ गरेको हो ।

पक्राउ परेका तीन जना माथि प्रहरीले थप अनुसन्धान गरिरहेको ईलाका प्रहरी कार्यालय रत्ननगरका प्रहरी प्रमुख ईन्द्र बहादुर रानाले जानकारी दिए । पछिल्लो पटक चितवन प्रहरी जुवातास लगायत बिकृती विरुद्ध आक्रमक बन्दै आएको छ ।

९. हराएको मोबाइल खोज्दै, बुझाउँदै प्रहरी
चितवन प्रहरीले विभिन्न मितीहरुमा चोरी भएका तथा हराइएका मोबाइलहरुको खोजी गरेर सम्बन्धि मोबाइल धनीलाई हस्तान्तरण गरेको छ । फागुन महिनामा हराइएका विभिन्न कम्पनीका ३१ थान मोबाईलहरु फेला पारी सम्बन्धित व्यक्तिलाई हस्तान्तरण गरेको छ । १८ दिनको अवधिमा हराइएको ३१ थान मोबाईल भेटिएकोमा २५ थान मोबाईल सम्बन्धित ब्यक्तिलाई हस्तान्तरण गरिएको हो ।

आफ्ना हराएका तथा चोरी भएका मोबाइल भेटिए संगै उनीहरुले प्रहरीको उच्च प्रशंसा गर्दै धन्यवाद समेत दिएका थिए । पछिल्लो समय चितवन प्रहरीले आफ्नु सक्रियता बढाएसंँगै यो आर्थिक बर्षमा मात्रै कुल ११० थान मोबाईल फेला पारिएकोमा १०५ थान मोबाईल सम्बन्धित ब्यक्तिलाई हस्तान्तरण गर्न समेत सफल भइसकेको छ ।

स्मरण रहोस् : गत, फागुन २ गतेदेखि चितवनको प्रहरी प्रमुखको रूपमा सरुवा भई आएका (एसपी) अधिकारी लागूऔषध गाँजा ओसारपसार, बिचौलियाहरुको निष्तेज तथा अपराधीक गतिविधिका विरुद्ध सशक्त भएर लाग्न मातहतका प्रहरी इकाइहरुलाइ निर्देशन दिदै आएपछि उनको यो टिमले सफलता हासिल गर्दैआएका छन् ।

चितवनको प्रहरी प्रमुखका रूपमा नेतृत्व गर्न एसपी अधिकारी चितवन आइसकेपछि उनी यहाँको शान्तिसुरक्षामा “नो कम्परमाइज” सहित एक्सनमा उत्रिएका छन् । जसले गर्दा एकपछि अर्को गर्दै उनले सफलता हासिल गरिरहेका छन् । पछिल्लो पटक एसपी अधिकारीले चालेको कदमले जिल्लामा शान्तिसुरक्षामा सुदृढ हुने अनुभुती समेत यहाँका स्थानीयले गरेका छन् ।

                   प्रहरी गतिविधि

चितवन प्रहरीले फागुन महिनामा अपराध
गतिविधि न्यूनीकरण तथा शान्तिसुरक्षा नियन्त्रण जस्ता गतिविधि संग संगै विभिन्न जनचेतनामूलक कार्यहरु समेत गरेको छ । अपराधीक गतिविधि न्यूनीकरणका लागी जनचेतनामूलकदेखी प्रहरी कर्मचारीहरुसंँग अन्तरक्रिया संगसंगै प्रहरी इकाइहरुको समेत निरीक्षण तथा आवश्यक निर्देशन दिइएको छ । एक महिनाको यो अवधिमा चितवन प्रहरीले गरेका १७ गतिविधिहरु कस्तो रह्यो त ?

१. ईलाका प्रहरी कार्यालय माडीले सवारी दुर्घटना न्युनीकरणका लागी सचेतनामुलक र्‍यालीको आयोजना गरेको छ । समुदाय-प्रहरी साझेदारी अभियान अन्तर्गत माडी नगरपालिकामा ईलाका प्रहरी कार्यालय माडी, प्रहरी चौकी कल्याणपुर खैरहनी र श्री खैरहनी मा.वि.को संयुक्त सहकार्यमा वडाका प्रतिनिधी, स्थानीय अभिभावक र खैरहनी मा.वि. का शिक्षकशिक्षिका तथा विद्यार्थीहरु समेतको आयोजनामा सचेतनामुलक र्‍यालीको आयोजना गरिएको हो ।

खैरहनी मा.वि बाट सुरु गरिएको उक्त र्‍यालीमा झन्डै ४५० जनाको सहभागिता रहेको थियो । पछिल्लोपटक चितवन जिल्लामा सवारी दुर्घटना बढ्दै गएपछि त्यसलाई न्यूनीकरण गर्न प्रहरीले सचेतनामुलक र्‍यालीको आयोजना गरेको हो ।

२. समुदाय-प्रहरी साझेदारी अभियान अन्तर्गत ईच्छाकामना गाउँपालिका वडा नंम्बर ४ कुरिनटारस्थित श्री सर्व शान्ती माध्यामिक विद्यालयमा प्रधानाध्यापक जोहन खरेलको प्रमुख आतिथ्यमा कक्षा ९, १०, ११ र १२ मा अध्ययनरत अंन्दाजी ५५ जना उपस्थित विद्यार्थीमध्ये १६ जना छात्र/छात्राहरुले हाजिरी जवाफ प्रतियोगिता गरिएको छ । उक्त कार्यक्रममा सहभागी भइ ईलाका प्रहरी कार्यालय मुग्लिङ चितवनका कार्यालय प्रमुख प्रहरी निरीक्षक सूर्य बहादुर राना मगरबाट प्रथम, द्धितीय, तृतीय र चतुर्थ टिमलाई पुरस्कार वितरण गरी उक्त कार्यक्रम दिउँसोको २ बजे सम्पन्न गरिएको थियो ।

३. सामुदायिक प्रहरी-साझेदारी कार्यक्रम अन्तर्गत फागुन १२ गते माडी नगरपालिका वडा नंम्बर ६ स्थित दिवाकर स्मृती बहु प्राबिधिक शिक्षालयको भवनमा सोही विद्यालयको डिप्लोमा इन सिभिल, डिप्लोमा इन फार्मेसी र डिप्लोमा इन एनिमल साइन्समा अध्ययनरत झन्डै दुइ सय जना विद्यार्थीहरुलाई युवामा बढ्दो कुलतको दुब्यसनी र बढ्दै गएको सवारी दुर्घटना तथा क्षतीलाई न्युनीकरण गर्ने उद्देश्यले ईलाका प्रहरी कार्यालय माडी चितवनका कार्यालय प्रमुख प्रहरी निरीक्षक झलक शर्माको आतिथ्यमा “लागूऔषध र ट्राफिक सचेतना” बिषयमा सचेतनामूलक प्रशिक्षण दिइएको छ ।

४. तालुक प्रहरी प्रधान कार्यालय मानवश्रोत एवं प्रशासन विभाग कर्मचारी प्रशासन शाखाको फागुन १३ गतेको पत्रले जनपद प्रहरी तर्फ प्रहरी सहायक निरीक्षक पदमा र प्राविधिक प्रहरी (संचार) तर्फ प्रहरी हवल्दार पदमा बढुवा तथा पदस्थापना भएका प्रहरी कर्मचारीहरुलाई जिल्ला प्रहरी कार्यालय चितवनका कार्यालय प्रमुख ओम प्रसाद अधिकारीले सिनियर प्रहरी अधिकृत, जुनियर प्रहरी अधिकृत, प्रहरी हवल्दार तथा प्रहरी जवानहरूको उपस्थितिमा दर्ज्यानी चिन्ह सु-शोभन गरेको छ ।

५. विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड -१९) लगायतका विभिन्न समस्याका कारण मानसिक तनावको अवस्था महसुस गर्ने आम नागरिकहरुलाई संगित थेरापी मार्फत तनाव मुक्त बनाउने उदेश्यले बाग्मती प्रदेश प्रहरी कार्यालय हटौंडाको योजना अनुसार जिल्ला प्रहरी कार्यालय चितवनको आयोजनामा प्रदेश प्रहरी ब्याण्डद्वारा विभिन्न प्रकारका सांगितिक धुनहरुमार्फत तनाव व्यवस्थापनको प्रयास गरिएको छ ।

६. खैरहनी नगरपालिका वडा नम्बर ०५ स्थित खजुरीको बिस्कुट प्रा.लि मा कार्यरत अन्दाजी ३५ जना महिलाहरुलाई ईलाका प्रहरी कार्यालय खैरहनीबाट कार्यालय प्रमुख प्रहरी निरीक्षक ऋषीराम घर्ती मगरको कमाण्डमा जिल्ला प्रहरी कार्यालय चितवनको महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रबाट खटिएका प्र.ज. सोविता भट्टराई र प्र.ज. विक्रम दर्लामीले घरेलु हिंसा, लैङ्गिक हिंसा, यौनजन्य अपराध र दुर्ब्यबहारहरू रोकथाम तथा नियन्त्रणका लागी सैद्धान्तिक तथा ब्यबहारिक आत्मरक्षाको प्रशिक्षण दिएका छन् ।

७. जिल्ला प्रहरी कार्यालय भरतपुर चितवनका कार्यालय प्रमुख प्रहरी उपरीक्षक ओम प्रसाद अधिकारी बाट प्रहरी हवल्दार पदबाट प्रहरी सहायक निरीक्षक पदमा पदोन्नती भएका प्रहरी सहायक निरीक्षक विजय कुमार चौधरीलाई दर्ज्यानी चिन्हद्धारा शु-सोभन गर्दै माघ महिनामा उत्कृष्ट कार्य गर्ने जिल्ला प्रहरी कार्यालय चितवनको अपराध अनुसन्धान शाखामा कार्यरत प्रहरी हवल्दार सुर्य बहादुर गाहा मगरलाई प्रमाण पत्र प्रदान गरेको छ ।

साथै, जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यलय, वडा प्रहरी कार्यालय नारायणगढ, ईलाका प्रहरी कार्यालय गितानगर लगायत भरतपुर बजार क्षेत्रका प्रहरी इकाईमा कार्यरत प्रहरी कर्मचारीहरुलाई प्रहरी आचरण तथा कामकारबाहीका सम्बन्धमा निर्देशन दिनुका साथै अन्तरक्रिया समेत गरिएको थियो ।

८. जिल्ला प्रहरी कार्यालय चितवन, नेपाली सेना कालि बहादुर गण र ‘वे’ ग्रुप चितवनको संयुक्त सहकार्यमा भरतपुर महानगरका (मेयर) रेनु दाहालज्यू तथा जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक ओम प्रसाद अधिकारीको सहभागितामा अन्दाजी ८० जनाको सक्रियताले चौबिसकोठी वरीपरी सरसफाई कार्यक्रम सम्पन्न गरिएको छ ।

९. भरतपुर महानगरपालिका वडा नम्बर ११ जखेडीमाई टोलस्थित स्थानीय अन्दाजी ३५ जना महिलाहरुलाई जिल्ला प्रहरी कार्यालय चितवन महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रबाट खटिएका प्रहरी निरीक्षक प्रविना गिरी सहितको टोलीले महिला विरूद्ध हुने यौनजन्य हिंसा, लैङ्गिक हिंसा, घरेलु हिसां र दुर्ब्यबहारहरू रोकथाम तथा नियन्त्रण गर्नको लागि सैद्धान्तिक तथा व्यवहारिक प्रशिक्षण दिएकी छिन् ।

१०. सामुदायिक सेवा केन्द्र नारायणगढ र वडा प्रहरी कार्यालय नारायणगढ चितवनको संयुक्त आयोजनामा जिल्ला चितवन भरतपुर महानगरपालिका वडा नंम्बर ४ मा रहेको श्री बाह्रघरे माध्यमिक बिद्यालयमा प्रध्यानध्यापक सानु काजी श्रेष्‍ठ लगायत शिक्षक शिक्षिका र विद्यार्थीहरु गरी १०० जनाको उपस्थितिमा वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक रधु सिहं बिष्टले यौन दुरुपयोग, साईबर अपराध र मानब बेचबिखन सम्बन्धि सचेतनामुलक प्रशिक्षण दिएको छ ।

११. रेष्टुरेन्ट एण्ड बार एसोसियसन सौराहको आयोजनामा जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख ओम प्रसाद अधिकारी, ईलाका प्रहरी कार्यालय टाँडीबाट सरुवा भई जान लाग्नु भएका प्रहरी नायब उपरीक्षक रबिन कार्की र ईलाका प्रहरी कार्यालय टाँडीमा सरूवा भई आउनुभएका प्रहरी नायब उपरीक्षक ईन्द्र बहादुर रानाको स्वागत तथा बिदाई गर्नुको साथै अन्तरक्रिया कायर्क्रम भएको छ ।

साथै, ईलाका प्रहरी कार्यालय टाँडीबाट प्रहरी पहरा गण सामाखुसी काठमाण्डौंमा सरुवा भई जान लाग्नुभएका प्रहरी नायव उपरीक्षक रविन कार्कीलाई जिल्ला प्रहरी कार्यालय चितवनले फेरी भेंटौला कार्यक्रमको आयोजना गरी मायाको चिनो प्रदान गर्नुको साथै शुभकामना व्यक्त गरेका थिए ।

१२.भरतपुर महानगरको क्षेत्रभित्र नारायणी तथा राप्ती नदीको किनारमा बर्षेनी बर्षातको पानीले जमिन कटान गरी ठुलो मात्रामा क्षती पुर्‍याउने गरेको र समयमा नै नदी तटबन्धन गरी नदीमा थुप्रेका नदीजन्य पदार्थहरुको उत्खनन नगर्दा अझै जोखिम बढ्ने सम्भावना देखिएकोले उक्त तटबन्ध स्थलगत निरीक्षण तथा अनुगमनको लागी भरतपुर महानगर प्रमुख मेयर रेणु दाहाल, चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने र जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख ओम प्रसाद अधिकारीले उक्त स्थानको स्थलगत निरीक्षण तथा अनुगमन गरेको छ ।

१३. भरतपुर महानगर वडा नंम्बर १० स्थित जिल्ला प्रहरी कार्यालय चितवनको सभाहलमा लागूऔषध नियन्त्रण ब्युरो र रि – कभरिङ्ग नेपलालको संयुक्त सहकार्यमा जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षकद्वय सुवास भट्ट, प्रविणा गिरी, निर्णय नेपलाल ओएसटीका डा. खगेन्द्र काफ्लेबाट लागू औषध प्रयोग तथा जोखिम न्युनीकरणका लागी १ (एक) दिने अभिमुखीकरण कार्यक्रम संचालन भएको छ । त्यस्तै, जिल्ला प्रहरी कार्यालय चितवनको सभाहलमा ४० जना प्रहरी कर्मचारीहरुलाई प्रहरी निरीक्षक रोशन खड्काले “ नेपाल प्रहरीका कर्मचारीहरुले पालना गर्नुपर्ने आचार संहिता कार्यादेश, २०७७ ”सम्बन्धि प्रशिक्षण दिएका छन् ।

१४. जिल्ला प्रहरी कार्यलय चितवनको सभाहलमा “महिला, सुरक्षा, सम्मान र रोजगार: समृद्ध नेपालको आधार भन्ने मुल नाराका साथ १११ औ अन्तराष्ट्रिय महिला दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रमको जिल्ला प्रहरी कार्यालय चितवनका कार्यालय प्रमुख श्री ओम प्रसाद अधिकारीले कार्यक्रममा उपस्थित ६० जना महिला प्रहरी कर्मचारीसँग अन्तरक्रिया एंव छलफल गरेको छ ।

त्यस्तै, प्रहरी हवल्दार तथा जवान लक्षित उत्प्रेरणा अभिबृद्धी योजना कार्यक्रम समेत सम्पन्न भएको छ । उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यलयका प्रमुखबाट उपस्थित सम्पुर्ण प्रहरी हबल्दार तथा जवानहरुको काज ,सरुवा र बढुवा सम्बन्धी पिर मर्का र गुनासो सम्बन्धी अन्तरक्रिया तथा छलफल गरीएको थियो भने, उक्त कार्यक्रममा लेखापालले प्रहरी कल्याणकारी कोषबाट प्रहरी हबल्दार तथा जवानहरुलाई दिने सुहुलियत ऋण र अन्य सेवा सुबिधाको बारे जानकारी दिइएको थियो ।

१५. जिल्ला प्रहरी कार्यालय चितवनको प्रहरी प्रमुखका रूपमा (एसपी) ओम प्रसाद अधिकारीले जिम्मेवारी सम्हालेपछि मातहतका प्रहरी कार्यालयहरुको निरिक्षण, अनुगमन तथा निर्देशन सम्बोधन गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी कार्यालयका प्रमुखबाट ईलाका प्रहरी कार्यालय खैरहनीको भवनको निरिक्षण गर्नु भई उक्त कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन दिइएकोमा ईलाका प्रहरी कार्यालय भण्डारामा प्रहरी प्रमुख अधिकारीबाट कार्यालय भवनको, मेस लगायत शाखाहरुको निरिक्षण गर्नु भई उक्त कार्यलयमा कार्यरत प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन दिनुभएको थियो ।

प्रमुख जिल्ला अधिकारी श्री प्रेमलाल लामिछाने र जिल्ला प्रहरी कार्यलय चितवनका प्रमुखबाट ईलाका प्रहरी कार्यालय माडी र गितानगरको निरिक्षण गरी बिभागिय निति निर्देशन सम्वन्धि निर्देशन पश्चात फिर्ता भएको छ ।

१६. नागरिक–प्रहरीबीचको सम्बन्ध स्थापित गर्ने उद्देश्यले चितवन प्रहरीले भरतपुर महानगरपालिका ५ मा रहेको आनन्दपुरको अवलोकन गरेको छ । एसपी ओमप्रसाद अधिकारीले भरतपुर महानगरपालिका ५ मा रहेको पिटुसिटुको अवलोकन गरेका हुन् ।

सडकबाट उद्दार गरेर सेल्टर होममा राखिएका बालवालिकालाई पारिलो घाममा राखेर त्यहाँ संरक्षित बालबालिका र समितिसँग भेटघाट तथा अवलोकन गरेका थिए । भेटघाटको क्रममा उनले सडकमा स्वतन्त्र जीवनयापन गर्दै आएका सडक बालबालिकाहरुलाई टिकाइ राख्ने तर्फ ध्यान दिन आग्रह गरेका थिए । आफू बोल्ने भन्दा पनि काम गर्ने व्यक्ति भएको भन्दै (एसपी) अधिकारीले संरक्षणमा आएका बालकको स्वतन्त्रतासँगै राम्रो भविष्यको लागि कटिबद्ध भएर लाग्ने बताए ।

२०७३ साल वैशाख १ गते स्थापना भएको पिटुसिटुले हालसम्म करिब ८० जना बालकहरुलाई परिवारसँग पुनर्मिलन गराइसकेको छ । पिटुसिटुमा हाल २३ जना संरक्षित बालकहरु रहेका छन् । जसमध्ये २० जना नजिकैको विद्यालयमा पढ्न जान्छन् । बालबालिकाका लागि प्रहरी नागरिक अभियान नेपाल (पिटुसिटु) को वरिष्ठ उपाध्यक्ष रहने व्यवस्था रहेको छ ।


क्याटेगोरी : अपराध/सुरक्षा, विशेष, देश परदेश, समाचार, स्थानीय


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Partly Cloudy
5:33 am6:31 pm +0545