Techie IT
शनिबार, वैशाख ६,२०८२

चितवन प्रहरी प्रमुख अधिकारीद्वारा पिटुसिटुको अवलोकन


चितवन । नागरिक–प्रहरीबीचको सम्बन्ध स्थापित गर्ने उद्देश्यले चितवन प्रहरीले हिजो (शुक्रबार) भरतपुर महानगरपालिका ५ मा रहेको आनन्दपुरको अवलोकन गरेको छ । चितवनका प्रहरी प्रमुख समेत रहेका (एसपी) ओमप्रसाद अधिकारीले भरतपुर महानगरपालिका ५ मा रहेको “पिटुसिटु”को अवलोकन गरेका हुन् ।

सडकबाट उद्दार गरेर सेल्टर होममा राखिएका बालवालिकालाई पारिलो घाममा राखेर त्यहाँ संरक्षित बालबालिका र समितिसँग भेटघाट तथा अवलोकन गरेका थिए । भेटघाटको क्रममा उनले सडकमा स्वतन्त्र जीवनयापन गर्दै आएका सडक बालबालिकाहरुलाई टिकाइ राख्ने तर्फ ध्यान दिन आग्रह गरेका थिए ।

उनले “सडकमा बालबालिका स्वतन्त्र रुपमा बस्ने भएकोले राम्रो नराम्रोको कुनै ज्ञान नहुने बताए ।संरक्षण केन्द्रमा ल्याइसकेपछि उनीहरुले स्वतन्त्रता नपाएको अनुभूती गर्छन् । र, भाग्ने प्रयास गर्छन् । त्यसकारण समितिले उनीहरुलाई कसरी टिकाउने र सभ्य व्यक्ति बनाउनेतिर सोचेर अगाडि बढ्नुपर्छ ।”

आफू बोल्ने भन्दा पनि काम गर्ने व्यक्ति भएको भन्दै (एसपी) अधिकारीले संरक्षणमा आएका बालकको स्वतन्त्रतासँगै राम्रो भविष्यको लागि कटिबद्ध भएर लाग्ने बताए ।

त्यस्तै, कार्यक्रममा समाजसेवी तथा लाइफ केयर रियाबिटेसन केन्द्रका प्रमुख ज्ञानुजङ्ग लामाले पिटुसिटु व्यवस्थापन समिति मजबुत भएमात्र संरक्षित बालकहरुले राम्रो हेरचाह पाउनेमा जोड दिए । मायाले नै सही गन्तव्यमा पुर्‍याउन सकिने भन्दै उनीहरुको मनोविज्ञानलाई समेत बुझेर समितिले काम गर्नुपर्ने उनको भनाइ थियो ।

बालबालिकाहरुका लागि प्रहरी नागरिक अभियान नेपाल (पिटुसिटु)का अध्यक्ष बेलबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा कोषाध्यक्ष निर्देश सेडाईंले आर्थिक प्रतिवेदन पेश गरेका थिए ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय चितवनका महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रकी प्रमुख प्रहरी निरीक्षक प्रविना गिरी, मन्जुश्री असहाय संरक्षण केन्द्रकी प्रमुख मन्जु खाँड लगायतको समेत उपस्थित रहेको थियो ।

२०७३ साल वैशाख १ गते स्थापना भएको पिटुसिटुले हालसम्म करिब ८० जना बालकहरुलाई परिवारसँग पुनर्मिलन गराइसकेको छ । पिटुसिटुमा हाल २३ जना संरक्षित बालकहरु रहेका छन् । जसमध्ये २० जना नजिकैको विद्यालयमा पढ्न जान्छन् । बालबालिकाहरुका लागि प्रहरी नागरिक अभियान नेपाल (पिटुसिटु) को वरिष्ठ उपाध्यक्ष रहने व्यवस्था रहेको छ ।


क्याटेगोरी : अपराध/सुरक्षा, विशेष, देश परदेश, समाचार, स्थानीय


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Partly Cloudy
5:33 am6:31 pm +0545