महिला चेम्बरको व्यापारमेला सकियो

नेपाल चेम्बर अफ कमर्सको ७० औँ वार्षिकोत्सव तथा १११ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा राजधानीमा आयोजित तीनदिने व्यापारमेला आज समापन भएको छ । नेपाल चेम्बर अफ कमर्सअन्तर्गतको नेपाल महिला चेम्बरले आयोजना गरेको मेलाका उत्कृष्ट उत्पादकलाई सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले पुस्कार वितरण गर्दै महिलाको सम्मान हुने समाजमात्र सभ्य समाज हुने विचार व्यक्त गर्नुभयो ।
चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले महिला उद्यमीको हौसला बढाउन र उनीहरूद्वारा उत्पादित सामग्रीको बजारीकरण गर्न मेला सफल भएको बताउनुभयो । मेला आयोजक महिला चेम्बरका अध्यक्ष उर्मिला श्रेष्ठले नेपाली महिला उद्यमीहरूको क्षमतावृद्धि गर्न तथा अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा तुल्याउन आवश्यक भएको बताउनुभयो । उत्कृष्ट उद्यमी मण्डला सिल्कलाई प्रथम, अग्नि नेपाल प्रालिलाई द्वितीय र गोर्खा चेम्बर अफ कमर्सलाई तृतीय पुरस्कार पनि महानिरीक्षक खनालले प्रदान गर्नुभयो ।
मेलामा दैनिक उपभोग्य साधन, खाद्यान्न, हस्तकला, परम्परागत सामग्री, गरगहना, कपडा, जुत्तालगायत ९० उद्यमीले भाग लिएका थिए । मेलाको उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गर्नुभएको थियो ।
क्याटेगोरी : अर्थ
ट्याग : #महिला चेम्बरको व्यापारमेला सकियो
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्